latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

बढ्दो जनघनत्वसँगै बढ्दो सहरीकरणमा ऊर्जा प्रभावकारी भवन बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । ऊर्जा उत्पादनभन्दा ऊर्जा बचत तुलनात्मक रूपमा सस्तो र प्रभावकारी हुने भएकाले ऊर्जा प्रभावकारी भवन बनाउनुपर्ने बताईएको हो ।
शनिबार पाल्पाको तानसेनमा प्राविधिकहरुले हरितगृह ग्यास उत्सर्जन घटाउन र वातावरणमैत्री दिगो विकासमा टेवा पु¥याउन घाम बढी पर्ने क्षेत्रको अवस्थालाई ध्यानमा राखेर सौर्य ऊर्जा प्रयोग र ऊर्जा दक्ष घर निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए । युरोपियन युनियन अन्तर्गत सञ्चालनमा रहेको स्विच एसिया कार्यक्रममा बिल्डिङ इनर्जी इफिसेन्सी इन नेपाल (बिइएन)द्वारा तानसेन र रेसुङ्गा नगरपालिकामा कार्यरत प्राविधिक तथा यस क्षेत्रका इञ्जिनियरहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले वातावरण र ऊर्जामैत्री घर निर्माण गरी बढ्दो हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण गर्नुपर्ने बताएका थिए । सोही कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले भवन निर्माण गर्दा स्थानीय परिवेश अनुसार योजनालाई ध्यानमा राखेर बनाउनुपर्ने बताए । उनी भन्छन्, विकासका कामहरू वातावरणीय प्रभाव मूल्याङ्कनसँगै ऊर्जा र प्राकृतिक स्रोत तथा सम्पदालाई ध्यानमा राखेर गर्नुपर्ने भएको छ ।
रेसुङ्गा नगरपालिकाका इञ्जिनियर कृष्ण कोइरालाले तीव्र सहरीकरण र आधुनिक जीवनशैलीका कारण ऊर्जा खपत बढिरहेकाले हरेक विकास कार्यक्रमसँग कार्यक्रम जोडिएको बताए । तानसेनकी प्राविधिक सविना पुलामीले घर बनाउँदा वातावरणीय प्रभावले स्वास्थ्यमा असर पु¥याउने खालका घरहरू बन्न थालेको भन्दै हेलचेक्र्याई गरेमा त्यसको असर देखा पर्ने बताईन् ।
तानसेन नगरपालिकाका शिव शर्माले वातावरणमैत्री तथा ऊर्जा प्रभावकारी भवन निर्माणका लागि मापदण्ड बनाएर तानसेन नगरपालिका अगाडी बढेको बताए । तानसेन नगरपालिकाले दिगो आवास भवन निर्माणका लागि ऊर्जा कुशल प्रविधि र अभ्यासहरू अवलम्बन गर्ने योजना रहेको शर्माले बताए ।
ऊर्जा दक्ष तथा नवीकरणीय ऊर्जा प्रयोग जडित भवन भनेको कम ऊर्जा प्रयोग गरी उच्च कार्यसम्पादन हासिल गर्ने प्रविधि हो । जलवायु परिवर्तन न्यूनीकरण र दिगो विकासका लक्ष्य पूरा गर्न सहरलाई दिगो र ऊर्जा दक्ष बनाउनु अत्यावश्यक रहेको बिइएन परियोजनाले जनाएको छ । यसका लागि बिइएनले तानसेनमा तीन दिने तालिम सम्पन्न गरेकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय