latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा,८ साउन

जिल्ला प्रशासन कार्यालय पाल्पाले आर्थिक बर्ष २०८१÷०८२ मा दर्ता भएका सम्पूर्ण मुद्धा फछ्र्यौट भएको जनाएको छ । पाँच वटा शिर्षकमा दर्ता भएका ३७ वटा मुद्धा मध्ये शत प्रतिशत अर्थात सबै मुद्धा फछ्र्यौट भएको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले जानकारी दिनुभयो । उहाँका अनुसार अभद्र ब्यबहारका १७ वटा, जुवा तास सम्बन्धि मुद्धा ३ वटा, पशुपंक्षी प्रति निर्दयी ब्यबहार सम्बन्धि १ वटा, न्युनस्तरको खाद्य पदार्थ बिक्रि सम्बन्धि १ वटा र सवारी क्षतिपूर्ती सम्बन्धि १५ वटा मुद्धा दर्ता भएकोमा सबै मुद्धा फछ्र्यौट भएका हुन् । सवारी क्षतिपूर्ती सम्बन्धि मुद्धामा १५ जनालाई क्षतिपूर्ती बापत ७५ लाख प्रदान गरिएको प्रजिअ सुबेदीले बताउनुभयो ।
प्रशासन पत्रकारसँग गरिएको अन्तरक्रिया कार्यक्रममार्फत गत आवमा गरेका सेवाको बारेमा जानकारी दिएको हो । जिल्ला प्रशासन पाल्पाले गत आवमा १४ हजार ९०३ जनालाई वंशजको आधारमा नागरिक वितरण गरेको छ । यस्तै वंशजको आधारमा नागरिकताको प्रतिलिपी पाँच हजार ३०६ वटा जारी गरेको जनाएको छ ।
यस्तै गत आवमा १७ जना पाल्पाका नागरिकले नागरिकता त्याग गरेको घोषणा गरेका छन् भने १२ जनाले वैवाहिक अंगीकृत नागरिकता पाएका छन् । यस्तै १७ वटा गैरआवासीय नागरिकताको प्रमाणपत्र जारी गरेको पाल्पाका प्रजिअ सुवेदीले जानकारी दिनुभयो । यस्तै गत आवमा जिल्ला प्रशासन कार्यालय पाल्पाबाट आठ हजार ७७ वटा राहादानी प्रविष्टि गरेको छ । प्रशासनले २५५ वटा नावालक परिचयपत्र जारी गरेको थियो । यस्तै २३ हजार १०९ वटा राष्ट्रिय परिचयपत्र प्रविष्टि गरेको र हालसम्म १५ हजार ३२१ राष्ट्रिय परिचयपत्र प्राप्त भएको प्रजिअ सुवेदीले जानकारी दिनुभयो ।
यस्तै ३० वटा हातहतियार नवीकरण, ठाडो उजुरी १२ वटा फस्र्यौट गरेको, १५ वटा विस्फोटक पदार्थको इजाजत नवीकरण गरेको, ४४ वटाको उमेर, नाम र जात सच्याउने गरेको, वैदेशिक रोजगारी सम्बन्धी १५ वटा उजुरी दर्ता गरी ३ वटा फस्र्यौट गरेको, ठगीको आठ लाख अशुल गरिएको, तीन वटा मुद्दा वैदेशिक रोजगार विभागमा पठाएको र साठ वटा मुद्दामा ठगी गर्नेसँग सम्पर्क हुन नसकेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय