latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, ५ साउन

नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको ४३ औँ स्मृति दिवस मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको स्मरण गरिँदै छ । प्रत्येक वर्षको साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ ।
कांग्रेसले पाल्पाले पनि भोली जिल्लामा दश वटै स्थानीय तहमा बृक्षारोपण, बृक्ष संरक्षण, सभा, अन्तरक्रिया तथा बिबिध कार्यक्रम गरि मनाईने कार्यवहाक सभापती झपेन्द्र गहिरेले जानकारी दिनुभयो । कांग्रेस पाल्पाका प्रबक्ता शोभाकर न्यौपानेका अनुसार मंगलबार दश वटै स्थानीय तहमा माल्यार्पणसहित श्रद्धासुमन व्यक्त गर्ने कार्यव्रmम तय भएको छ ।

बिपी विसं १९७१ भदौ २४ गते जन्मिनुभएको हो । २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ मत प्राप्त गरेपछि उहाँ देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो । २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्र शाहले उहाँलाई अपदस्थ गरी पञ्चायती व्यवस्था लागु गरेपछि उहाँ आठ वर्ष जेल बस्नुभयो । रिहा भएपछि उहाँ निर्वासनमा भारत जानुभयो । २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर उहाँ स्वदेश फर्किनुभयो । राणाशासनदेखि पञ्चायती व्यवस्थासम्म अनवरत सङ्घर्ष गर्नुभएका कोइराला क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका दूरदर्शी नेता कोइरालाको वि।स। २०३९ साल साउन ६ गते निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय