latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, २ साउन

पाल्पा जिल्ला अदालतले गत आर्थिक बर्ष २०८१÷८२ मा लक्ष्य भन्दा बढी मुद्धा फछ्र्यौट गरेको छ । अदालतले गत आर्थिक बर्षमा ७०६ मुद्धा किनारा लगाउने लक्ष्य राखेकोमा ८१५ वटा मुद्धा फछ्र्यौट गरि लक्ष्य भन्दा बढी मुद्धा फछ्र्यौट गरेका हो ।

अदालतले आर्थिक बर्ष २०८०÷८१ बाट जिम्मेवारी सरेर आएका २७० मुद्धा र नयाँ दर्ता भएका ८१४ मुद्धा गरि जम्मा १ हजार ८४ मुद्धा मध्ये ८१५ वटा मुद्धा फैसलागरि किनारा लागेको जनाएको छ । कुल मुद्धा संख्याको ७५ दशमलभ १८ प्रतिशत मुद्धा फछ्यौट भएको जिल्ला अदालत तानसेनका श्रेस्तेदार केशब पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतिबादी संख्या ३ भन्दा तल भएका सरलमार्गका ८४१ मुद्धा मध्ये ६४२ मुद्धा फैसला हुदा १९९ मुद्धा बाँकी रहेका छन् । त्यस्तै प्रतिबादी संख्या ३ देखी १० जना सम्म रहेका २२२ सामान्य मुद्धा मध्ये १५४ फैसला हुदा ६८ मुद्धा बाँकी रहेका छन् । बिशेष मार्गका २१ मुद्धा रहेकोमा १९ वटा मुद्धा फैसला भएर किनारा लागि सकेका छन् । बिशेष मुद्धा मध्ये बाँकी रहेका दुई मुद्धा पनि डिएनए रिपोर्ट र प्रतिबेदन आउन बाँकी रहेकाले अड्किएको श्रेस्तेदार पराजुलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय