latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शुक्रबार , साउन १, २०८३

शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाको आयोजना साहित्यकार रोहित प्रसाद ज्ञवालीद्वारा लिखित गुलेली काव्य लक्ष्यको तानसेनमा लोकार्पण भएको छ । प्रमुख अतिथि गलेङ नगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चण्डिका प्रसाद भट्टराईले, प्रतिष्ठानले निकै सराहनीय कार्यक्रम गर्दै आएको र नवीन कृतिको रूपमा गुलेली काव्य प्रकाशन भएकोमा नेपाली साहित्यमा थप योगदान पुगेको छ, भनी लेखक र प्रतिष्ठानलाई शुभकामना दिनुभयो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी र पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र ग‍ोपाल सिंह विशिष्ट अतिथिद्वयले शुभकामना मन्तव्य दिनुका साथै राधेश्याम ज्ञवाली, मुक्ति न्यौपाने, डा.शंकर गैरे,युवराज पौडेल , बाबुराम कार्की द्वारा प्रतिष्ठान, लेखक र कृतिको सफलताका लागि शुभकामना मन्तव्यका साथै लेखक रोहित प्रसाद ज्ञवालीद्वारा लेखकीय मन्तव्य व्यक्त गरिएको थियो ।

त्रिपदीय लघुतम गुलेली काव्य सङ्ग्रह लक्ष्यको समष्टिगत समीक्षा शीत काव्य समाज नेपालको केन्द्रीय कोषाध्यक्ष साहित्यकार इन्दिरा ज्ञवाली पौड्यालद्वारा गरिएको थियो । प्रतिष्ठानका संस्थापक अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता र सदस्य पुनराम घिमिरेको स्वागतमा भएको कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव छबिलाल भुषालद्वारा गरिएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय