latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

गोपाल प्रसाद वश्याल

तानसेन, जेठ २५
सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा प्रवद्र्धनको उद्देश्यसहित स्थापना भएको प्राविधिक शिक्षक समिति, पाल्पा शाखाको आयोजनामा प्राविधिक शिक्षासम्बन्धि एक दिने बनभोज एवम् अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

पाल्पा जिल्लाका विभिन्न ६ सामुदायिक विद्यालयका ३० जना प्राविधिक डाक्टर, इञ्जिनियर, कृषि प्रशिक्षक एवम् प्राविधिक शिक्षकहरू सहभागी कार्यक्रममा प्राविधिक शिक्षातर्फ विद्यार्थी भर्नादर बृद्धि गर्न प्रचारप्रसारमा लाग्नुपर्ने, कक्षा ९ मा भर्ना भएका प्राविधिक धारतर्फका विद्यार्थीहरूलाई कक्षा १२ सम्म टिकाउनका विद्यालय तथा सरकारी तहबाट छात्रबृत्ति लगायत अनुदान बढाउनुपर्ने, प्राविधिक जनशक्तिको दरबन्दी एवम् विज्ञापन ब्यवस्था र सेवा सुविधाहरू पूरा गर्नुपर्ने बताउँदै विद्यालयमा गुणस्तर शिक्षा प्रदान गर्न संघका पाल्पा जिल्ला समिति अध्यक्ष तिलक राम भण्डारीले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा डा. निरज श्रेष्ठको स्वागत, ईञ्जिनियर तिलकराम भण्डारीको अध्यक्षता र सचिव मिथिलेस कुमार कापरीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको विचविचमा सहभागीहरूले विभिन्न साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय