
कमल राष्ट्रिय सुकर्म पुरस्कार जनमत राष्ट्रिय मासिकका प्रधान सम्पादक मोहन दुवाललाई प्रदान गरिएको छ । साहित्यकार तथा प्रखर समालोचक दुवाललाइ ५१ हजार पुरस्कार सहित सम्मान गरिएकाे हाे ।
शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाद्वारा काठमाडौंमा आयोजित साहित्यिक कार्यक्रममा दुवाल सम्मानित हुनुभएकाे हाे । मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले राष्ट्रिय जीवनमा प्रभाव पारेका व्यक्तित्वहरूको योगदान र स्मरणले सुकर्मका लागि अभिप्रेरित गर्ने बताउनुभयाे । प्रतिष्ठानले गर्दै आएको कार्यक्रम र अभियानले राष्ट्रियस्तरमै पाल्पाको पहिचान बढाएको छ उहाँले भन्नुभयो । कार्यक्रमको विशिष्ट अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिव अधिकारीेले,”साहित्यले सामाजिकीकरणमा प्रभाव पारेको हुन्छ र पनि सामाजिक रूपान्तरणका लागि ठूलो संघर्ष गर्नुपर्दछ ” भन्नुभयो ।



शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठानको स्थापना २०६३ सालमा पाल्पामा भएको हो । प्रतिष्ठानले शिक्षा स्वास्थ्य र साहित्यको क्षेत्रमा विभिन्न गतिविधि संचालन गर्नुका साथै हरेक बर्ष विभिन्न व्यक्तित्वहरूलाई पुरस्कृत एवं सम्मानित गर्दै आएको छ । प्रतिष्ठानमा स्थापित एघारवटा सम्मान / पुरस्कार मध्ये डा.प्रकाश राज रेग्मीद्वारा स्थापित “कमल राज रेग्मी राष्ट्रिय सुकर्म पुरस्कार ” पाल्पाको इतिहासमै सबैभन्दा मोटो रकमको पुरस्कार हो । कमल राज रेग्मी राजनीतिज्ञ एवं दार्शनिक साहित्यकारको रूपमा प्रतिष्ठापित रहेका छन् । यसै सन्दर्भमा बर्ष २०८१ को पुरस्कार मोहन दुवाललाई प्रदान गरिएको हो। यसअघि साहित्यकार झपेन्द्रबहादुर जि.सी., बैधराज विश्वमान बज्राचार्य , समाजसेवी राधा भारती , कलाकार अशोक आर्ट , शिक्षाविद् बुद्धिप्रसाद शर्मा र डा. रचेल कारखलाई यो पुरस्कार प्रदान गरिसकेको छ । कार्यक्रममा कमल राज रेग्मीको परिचय र योगदानमाथि शिक्षाविद ,समाजसेवी बुद्धिप्रसाद शर्माद्वारा प्रकाश पारिएको थियोे भने कवयित्री सरस्वती अर्यालद्वारा कमलराज रेग्मीद्वारा लिखित कविता वाचन गरिएको थियोे । शिक्षा, साहित्य , सस्कृति, लेखन,प्रकाशन, सम्पादन,समाजसेवा, पत्रकारिता र साहित्यको सेवामा छ दशकदेखि अनवरत सेवा गर्दै आएका काभ्रेका मोहन दुवाल र जनमत प्रर्यायवाची शव्दकोदरूपमा रहेको छ । जनमतको व्यापकता अन्तरास्ट्रिय स्तरसम्म नै व्यापिकरण हुँदै गएको छ । कार्यक्रममा मोहन दुवालको व्यक्तित्व , कृतित्व र योगदानमाथि साहित्यकार , समीक्षक डा. रामप्रसाद ज्ञवालीद्वारा चर्चा गरिएको थियो ।
मोहन दुवालको वृतचित्र प्रदर्शन गरियो । कार्यक्रममा डा. प्रकाशराज रेग्मीद्वारा पिताजी स्व. कमलराज रेग्मीको स्मृतिमा जनमत वाङमय प्रतिष्ठान काभ्रेका लागि अक्षयकोष/ पुरस्कार स्थापनाका लागि रू. ३ लाखको चेक जनमतका अध्यक्षलाई हस्तान्तरण गर्नुभयो । साहित्यकार दुर्गा अधिकारी भमरेकोटेद्वारा ‘ सुसेली सम्मान ‘ स्थापनाका लागि रू५० हजार राशीको अक्षषकोष प्रतिष्ठानका अध्यक्षलाई प्रदान गरियो। दुर्गा अधिकारी भमरकोटेलाई विशिष्ट सदस्यता, मोहन दुवाल ,भारती श्रेष्ठ ,शान्ता शाक्य ,निलम गोंगल, रेणुका श्रेष्ठ, ऋषिकेशव धौवडेल,कृष्ण बहादुर के.सी. र राजभाइ प्रधानलाई आजीवन सदस्यता प्रदान गरियो । सुसेली प्रवर्तक दुर्गा अधिकारी भमरकोटे ,तानसेन गुठीका अध्यक्ष प्रमि श्रेष्ठ , पुरस्कृत व्यक्तित्व मोहन दुवाल, प्रतिष्ठानका संरक्षक डा. प्रकाशराज रेग्मीद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको कार्यक्रममा उपाध्यक्ष रोहित प्रसाद ज्ञवालीको स्वागत ,बिष्णु गुरूङको स्वागत गीत,पुष्कर अथक रेग्मीको अध्यक्षता र दामोदर ढकाल दीपकको संचालनमा सम्पन्न भएको थियोे ।