latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, २४ जेठ

परमानन्द बाल वृद्ध कल्याण संघको ११ औं साधारण सभा तथा पाँचौ अधिबेशन सनिबर तानसेनमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि  तानसेन नगरपालिका ७ का वार्ड अध्यक्ष प्रदीप खनालले वार्ड तहबाट बालबालिका तथा ज्येष्ठ नागरिकहरुको लागि सम्मान तथा विविध सामाग्री बितरण गर्दै आएको बताउनुभयो । उहाँले संघको अबधारणा अनुसार “ह्यापी होम” लाई आफुले पनि वार्ड तहबाट कार्यान्वयन गर्ने  प्रयास गर्ने बताउनुभयो । प्रमुख अतिथि खनालले यस संघको भवनको लागि घडेरी तानसेन ७ मै भएकाले  भवन निर्माण  सम्पन्न गर्नका लागि  नगरपालिका, प्रदेश तथा दाताहरुसंग समन्वय गर्न तयार रहेको उल्लेख  गर्नुभयो।

परमानन्द बाल वृद्ध संघले बालबालिका र ज्येष्ठ नागरिकहरुको हकहित , सुरक्षाका लागि काम गर्दै आएको छ । संघले  गाउँ गाउँमा सेबा समिति मार्फत ज्येष्ठ नागरिकहरुलाई आफ्ना दुख सुखमा साथ दिने, बालबालिकाहरुलाई सानैबाट ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुपर्ने मान्यतालाई संस्थाले समन्वय गर्दै  आएको छ ।
अबसरबाट बन्चित बालबालिका, साहारा बिहिन ज्येष्ठ नागरिकहरुको सहयोग र अधिकारका बिषयमा काम गर्दै वार्ड स्तरसम्मै पुगि संघले काम गर्दै आएको छ ।
साधारणसभा तथा अधिबेशनमा परमानन्द बाल वृद्ध कल्याण संघका अध्यक्ष शिव प्रसाद देबकोटाले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
संघका अध्यक्ष शिव देबकोटाको अध्यक्षता संरक्षक समितिका सदस्य बिनोद घिमिरेको स्वागत, रिब्दिकोट गाउँपालिकामा असल बुहारीको रुपमा सम्मानित रुपा पाण्डेको धन्यवाद  र सहसचिब  रमेश बहादुर बोहोराको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
अधिबेशनमा निर्वाचित कार्यसमिति
अध्यक्ष : शिव प्रसाद देबकोटा
उपाध्यक्ष :तुल बहादुर रावल र सरितादेबी भण्डारी
सचिब :  रमेश बहादुर बोहरा
सह सचिब : मुक्तिराम शर्मा
कोषाध्यक्ष : रुपा पाण्डे
सदस्यहरु: पदम प्रसाद न्यौपाने, राधेश्याम ज्ञवाली, भोजराज  पराजुली,नगेन्द्र बहादुर कुवर, र शिव प्रसाद अधिकारी ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय