latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
शनिबार , कार्तिक १५, २०८३

पाल्पा, रामपुर नगरपालिकाले महिला दिदिबहिनीहरुलाई पोते माला तथा चुरा बनाउने तालिम प्रदान गरेको छ । नगरपालिकाले महिला दिदिबहिनिहरुलाई १३ दिने पोते माला तथा चुरा बनाउने तालिम प्रदान गरेको हो।

   शुक्रबार तालिमको समापन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले महिलाहरुका लागि अति आवश्यक वस्तुको उत्पादन नगरपालिका भित्रै गरी आत्मनिर्भर बनाउनु पर्ने बताउनुभयो ।यसले समृद्ध नगरपालिका संगै महिलाहरुको आयआर्जनमा वृद्धि हुने बताउनुभयो । साथै श्रृङ्गारको रुपमा प्रयोग हुने चुरा पोते माला औँठी यहीँ उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले तालिममा सिकेका सिपबाट उत्पादित बस्तुको बजारीकरण नगरपालिकाले गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले महिलाहरुले उत्पादन नगरपालिकाले गरिद गरेर उपप्रमुख कोशेली घर मार्फत विक्रि वितरण गरी उपभाक्ताको हातमा पुर्‍याउने बताउनुभयो । उहाँले दैनिक जिवनमा आवश्यक पर्ने बस्तुको उत्पादन गरी नगरलाई आत्मनिर्भर बनाई आर्थिक समृद्धिका लागि विभिन्न सिपका आयमूलक तालिम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।

 कार्यक्रममा रामपुर नगरपालिका वडा नं.५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले तालिममा सिकेका सिपको माध्यबाट उद्यमी बन्न आग्रह गर्नुभयो । साथै गुणस्तरीय र बाह्य वस्तु संग प्रतिस्पर्धा गर्न सक्ने सामग्री उत्पादन गर्नु पर्नेमा जोड दिनुभयो । यस्तै रामपुर नगरपालिका वडा नं.३ का अध्यक्ष दामोदर पाठकले आत्मनिर्भर बन्नका लागि तालिममा सिकेका सिप महत्वपूर्ण हुने बताउनुभयो । यस्तै तालिमलाई तालिममा मात्र सिमित राख्न नहुने भन्दै जिवनस्तर सुधार्नका लागि आयमूलक काम गर्नु पर्नेमा जोड दिनुभयो । यस्तै रामपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य दुर्गा देवि भण्डारी गौतमले आर्थिक समृद्धि र जिविकोपार्जनका लागि सिपमूलक तालिम महत्वपूर्ण रहेको भन्दै तालिममा सिकेका सिपलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

महिलाहरुको सिपमूलक तालिम कार्यक्रम सञ्चालक समितिका अध्यक्ष सावित्रा गैरेले आगामी दिनमा महिलाहरुलाई आयआर्जनको माध्यमबाट आत्मनिर्भर हुने खालका कार्यक्रम सञ्चालन गर्ने भन्दै तालिमको औचित्य पुरा गर्नका लागि सबै महिला दिदिबहिनीहरुलाई व्यवसायी बन्न आग्रह गर्नुभयो ।कार्यक्रममा सहभागिहरुको तर्फबाट हुमादेवि जिटी,ओमकला कुमाल,शोभा खनाल , विष्णु सुनार र सुकमाया श्रेष्ठले बोल्दै तालिममा सिकेका सिपले व्यवसायको माध्यमबाट आत्मनिर्भर बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नगरपालिकाको सभाहलमा भएको समापन कार्यक्रम समितिका अध्यक्ष सावित्रा गैरेको अध्यक्षता र रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समितिका उपाध्यक्ष लक्ष्मी ढकालको स्वागतबाट शुरु भएको तालिम समापन कार्यक्रम सचिव इश्वरी खनालको धन्यवाद ज्ञापन र महिला बालबालिका शाखा प्रमुख पुजा परियारको सञ्चालनमा सम्पन्न भएको हो । १३ दिन सम्म चलेको तालिमको सहजीकरण सजना नकर्मी र कृपा नकर्मीले गर्नु भएको थियो ।नगरपालिका भित्रका १० वटै वडाका ३८ जना सहभागी महिला दिदिबहिनीहरुले पोते माला चुरा औँठी बनाउन सिकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय