latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

“श्रमको सम्मान,राष्ट्रको अभियान” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय श्रमिक दिवस तानसेन नगरपालिकामा ९० श्रमिक सम्मान गर्दै मनाइएकाे छ । नगरभित्र निर्माण, सरसफाइ, घरेलु, कृषि क्षेत्रमा संलग्न श्रमिकहरूको सम्मान गरिएकाे हाे ।

श्रमिकहरूकाे सम्मान गर्दै नगर प्रमुख सन्तोषलाल श्रेष्ठले श्रमिकहरूको योगदान नेपालको विकास र समृद्धिमा अपरिहार्य रहेको बताउनुभयो ।  विकासको सपना देख्ने हरेक योजनाको जग श्रमिककै पसिना र परिश्रममा अडिएको हुन्छ,प्रमुख श्रेष्ठले बताउनुभयो । तानसेन नगरपालिका श्रमिकहरूको हकहित संरक्षणमा प्रतिबद्ध छ र आगामी दिनमा उहाहरूकाे लागि सामाजिक सुरक्षा तथा सीपमूलक कार्यक्रमहरू विस्तार नगरपालिका विशेष याेजना अगाडि बढाउने बताउनुभयो । नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत नगरभित्रका नागरिकहरूलाई स्वरोजगारमूलक तालिम तथा रोजगारमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो । यस कार्यक्रमको माध्यमबाट धेरै श्रमिकहरूले आवश्यक सीप र ज्ञान हासिल गर्दै आत्मनिर्भर बन्ने दिशामा अगाडि बढ्नु भएको बताउनुभयो ।

नगर उपप्रमुख प्रतिक्षा सिङ्जालीले मजदुर दिवसले श्रमिकहरूको अधिकार, श्रमको सम्मान र न्यायपूर्ण कार्यस्थल सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्याउने अवसर रहेको बताउनुभयो । समाजको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अमूल्य रहेको बताउनुभयो । श्रमिकहरूलाई केवल ‘श्रम गर्ने’ जनशक्ति होइन, राष्ट्रनिर्माणका आधार स्तम्भको रूपमा हेर्नुपर्ने बताउदै श्रमिकको श्रमको उचित मूल्यांकन, सुरक्षित कार्यस्थल, सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षा र सम्मानजनक जीवनशैली सुनिश्चित गर्नु हाम्रो साझा दायित्व रहेको बताउनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादब सिङ कार्कीले श्रमिकहरूलाई केवल श्रमदाताको रूपमा होइन, समाजका आधारशिला र परिवर्तनका संवाहकका रूपमा चिनाउने प्रयास यो दिवसले गरेको बताउनुभयो । यस्ता सहभागितामूलक र संवेदनशील कार्यक्रमहरूले तानसेन नगरलाई श्रमिकमैत्री नगर बनाउने दिशामा सकारात्मक सन्देश दिने बताउदै नगर सरकारले आगामी बर्षहरूका पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयाे ।

कार्यक्रममा तानसेन नगरपालिकाका लेखा अधिकृत काेसल राज घिमिरेले नगरपालिकाले नागरिकहरूलाई सक्षम र दक्ष बनाउन प्रधानमन्त्री राेजगार कार्यक्रमबाट तालिम  सञ्चालन गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय