latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पाल्पामा पाँच जना सञ्चार श्रमिकहरुलाई सम्मान गरिएकाे छ । प्रेस चौतारी नेपाल पाल्पा शाखाले जिल्लाका सञ्चारमाध्यमहरुमा कार्यरत श्रमिकहरुलाई सम्मान गरेको हाे ।

सूर्य बहादुर थापा, राजेश शाही, मान बहादुर भुजेल, कम्प्युटर अपरेटर सिर्जना बोहोरा र निरञ्जन पौडेल सम्मानित भएका हुन् । पाल्पा रामपुरमा कार्यरत सम्मानित मान बहादुर भुजेल पृथ्वी टेलिभिजन रामपुरमा क्यामेरामेनको रुपमा काम गर्दै आएका छन् । सूर्य बहादुर थापा पुरानो प्रेसमा सिसाका अक्षरहरु मिलाएर पत्रिका छाप्ने व्यक्ति हुन् । राजेश शाही पाल्पाबाट प्रकाशित हुने सबै पत्र पत्रिकाका एक्ला वितरक हुन। सिर्जना बोहोरा लामो समयदेखी पाल्पामा बसेर पत्रपत्रिकाको कम्युटर सेटिङ्ख तथा डिजाइनको काम गर्दै आएकी महिला हुन् । रेडियो प्राविधिक निराजन पौडेलले विगत १० बर्ष भन्दा बढी समय पाल्पाका विभिन्न रेडियोहरुमा काम गरिसकेका छन् । सम्मानित पाँचै जनालाई  चौतारीले एक दिनको ज्याला बराबरको पारिश्रमिक समेत प्रदान गरेको छ । उनीहरुलाई विना ज्याला कार्यक्रममा बोलाउदा उनीहरुको ज्याला गुम्ने भएकाले प्रेस चौतारी पाल्पाले एक दिनको ज्याला पनि उपलब्ध गराएको हो ।

सम्मान कार्यक्रममा नेकपा एमाले पाल्पाका अध्यक्ष ओम बहादुर घर्तिमगर, प्रेस चौतारीका केन्द्रीय सदस्य मिलन विश्वकर्मा, पत्रकार महासंघका अध्यक्ष कमलराज तिमिल्सेना, एमाले पाल्पाका प्रचार विभाग सचिव रेखीराम राना, प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधव अर्याल, प्रेस चौतारीका अनुशासन आयोगका पुर्व केन्द्रीय उपाध्यक्ष भगवान भण्डारी लगायतले प्रेस चौतारीले गरेको सञ्चार श्रमिक सम्मान कार्यक्रम नौलो र प्रभावकारी भएको बताए ।

प्रेस चौतारी पाल्पा शाखा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, उपाध्यक्ष शोभाकान्त पाठकको स्वागत  र सचिव दयाराज न्यौपानेको सञ्चालनमा भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय