latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शुक्रबार , साउन १, २०८३

पाल्पा, रामपुर नगरपालिका न्यायीक समितिले वडामा रहेका मेलमिलाप केन्द्रमै पुगेर मेलमिलापको प्रक्रिया र मेलमिलाप केन्द्रको अनुगमन थालेको छ ।

नगरपालिकामा रहेको न्यायीक समितिले नगर भित्रका वडामा रहेका मेलमिलाप केन्द्रको अनुगमन तथा अन्तरक्रिया सहित छलफल गरेको छ ।समितिले वडामा पुगेर वडाबाट न्यायीक समितिमा दर्ता भएका विभिन्न मुद्दाको छलफल गरि मेलमिलाप समेत गरेको छ । दुवै पक्षलाई सहजताका लागि वडाको मेलमिलाप केन्द्र मै छलफल गरि विवादको मेलमिलाप गराईएको छ । समितिले रामपुर नगरपालिका वडा नं.८ र १० मा रहेको केन्द्रको अनुगमन गर्नुका साथै विवादको मेलमिलाप समेत गराएको हो । समितिले बुधवार वडा नं. १० मा जग्गा साँध सम्बन्धी विवादको छलफल गरि मेलमिलाप गराएको छ ।

 

नगरपालिकामा सुचिकृत भएका मेलमिलापकर्ताहरुले वडामा गराउने मेलमिलापको प्रक्रिया र मेलमिलाप केन्द्रको अवस्था बारे जानकारी लिन अनुगमन गरिएको रामपुर नगरपालिका न्यायीक समितिका संयोजक एवं उपप्रमुख बाल कुमारी थापाले बताउनुभयो । विभिन्न प्रकारका मुद्दाको समाधान र मेलमिलापलाई अझ प्रभावकारी बनाउन छलफल सहित अनुगमन गरिएको उहाँले बताउनुभयो । रामपुर नगरपालिका वडा नं.८ र १० मा रहेको मेलमिलाप केन्द्रको अनुगमन गर्दै न्यायीक समित संयोजक थापाले विवादले समाजमा अशान्ती र अराजकता सिर्जना गरि दुर्घटना समेत निम्त्याउन सक्ने भन्दै दुवै पक्षको जित हुने गरि मेलमिलाप गर्न ध्यान दिनु पर्नेमा जोड दिनुभयो । थापाले मेलमिलाप गर्दा कुनै आग्रह पूर्वाग्रह नराखी कानुनले दिएको अधिकारको पूर्ण प्रयोग गरेर दुवै पक्षलाई न्यायको अनुभूति दिलाउन मेलमिलापकर्ताहरुलाई आग्रह गर्नुभयो ।उपप्रमुख थापाले पछिल्लो समय न्यायीक समितिप्रति नगरबासीको विश्वासनियता बढेको भन्दै वडाका मुद्दा वडाको मेलमिलाप केन्द्रबाटै मेलमिलाप गर्न सके सेवाग्राहीलाई सहज हुने बताउनुभयो । उहाँले शान्त ,न्यायीक र मेलमिलाप सहितको समाज निर्माणका लागि नगरपालिका प्रतिबद्ध भएर लागेको बताउनुभयो ।

यस्तै रामपुर नगरपालिका वडा नं.८ का अध्यक्ष दिनेश आचार्यले वडामा भएका विभिन्न प्रकारका विवादको जनप्रतिनिधिले सहजिकरण गर्दै आएको भन्दै मेलमिलाप केन्द्रलाई थप परिस्कृत गर्नु पर्ने बताउनुभयो । उहाँले गाँउ टोलमा भएका स-साना झगडा र विवादलाई समाधान गर्न सुचिकृत मेलमिलापकर्ता भए पनि सेवा सुविधा नभएका कारण पनि जनप्रतिनिधि स्वयमले समाधान गर्दै आएको बताउनुभयो । यस्तै अनुगमन तथा छलफल गर्दै रामपुर नगरपालिका कार्यपालिका सदस्य सिमादेवि थापाले स-साना विवादले समाजिक सद्भाव विथोल्ने भन्दै यसको तत्काल सामाधान र मेलमिलाप आवश्यक रहेको उल्लेख गर्नुभयो । यसैगरी न्यायीक समितका सदस्य खेमराज अधिकारीले कानुन भन्दा माथी कोही नहुने भन्दै विवादको विकल्प मेलमिलाप भन्दा अरु नभएको बताउनुभयो । यस्तै न्यायीक समिति सदस्य तेज कुमारी नेपाली गैरेले समाजमा हुने हरेक विवादले नकारात्मक असर पुर्‍याउने भन्दै यस्ता विवादको न्यायोचित रुपमा मेलमिलाप हुन जरुरी रहेको बताउनुभयो ।

यस आर्थिक वर्षमा अहिले सम्म ८९ वटा मुद्दा न्यायीक समितिमा दर्ता भएको र त्यस मध्ये ५० वटा मुद्दाको मेलमिलाप तथा समाधान गरिएको न्यायीक समिति सचिवालय सचिव पार्वति परियारले जानकारी दिनुभयो । विवादलाई मेलमिलापको माध्यमबाट न्यायोचित रुपमा समाधान गर्नका लागि नगरपालिका भित्र ३७ जना सुचिकृत मेलमिलापकर्ता रहेका छन् । साथै नगरपालिकाले मेलमिलापलाई प्रभावकारी बनाउन नगरभित्रका १० वटै वडाका मेलमिलापकर्ताहरुलाई ४८ घण्टे अभिमुखिकरण समेत प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय