latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शुक्रबार , साउन १, २०८३

बगनासकाली गाउँपालिका–४ बेलडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तानसेनबाट बगनासकालीको भालेवासतर्फ जाँदै गरेको लु १ ज १७२४ नम्वरको जिप बेलडाँडामा दुर्घटना हुँदा स्याङ्जाको कालीगण्डकी गाउँपालिका –१ की १८ वर्षीया एलिसा सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

सारुको घटनास्थलमै मृत्यु भएको हो । गाडीमा ९ जना सवार रहेको  प्रहरीले जनाएको छ ।  दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइते मध्ये ३६ वर्षीया निता दर्लामीको टाउँकोमा चोट लागेकाले अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक मल्लले बताए । घाइते अन्यको परिचय खुल्न सकेको छैन । घाइते चारै जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

साँघुरो घुम्तीका कारण जिप दुर्घटना भएको स्थानीय तथा वरिष्ठ पत्रकार भगवान भण्डारीले बताए । उनले भने “अहिले मुख्य राजमार्गहरुमा निर्माणको काम भइरहेको छ, गाडीहरु बैकल्पिक बाटो प्रयोग गरेर साँघुरो र घुम्ती सडक प्रयोग गर्न बाध्य छन् , जसका कारण दुर्घटना निम्तिएको हो, यसतर्फ स्थानीय सरकारको ध्यान जान जरुरी छ ।” गाडी दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय