“रुख रोपौं वातावरण संरक्षण गरौं” भन्ने नारासहित वातावरणीय संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएकाे छ । साे अवसरमा प्रा.डा.राम्जी प्रसाद पौड्यालले कार्यपत्र प्रस्तुत गर्दै रूख र मानव जीवनकाे प्रत्यक्ष सम्बन्ध रहने भएकाेले रूखकाे संरक्षण, संवर्द्ननमा सबैले ध्यान दिनुपर्ने बताए ।
प्रजातान्त्रिक विचार समाज जिल्ला समिति पाल्पाको समन्वय र तानसेन नगरपालिका वडा नं. २ को आयोजनामा भएकाे कार्यक्रममा बाेल्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्ताेषलाल श्रेष्ठले जलवायु परिवर्तनले हिमालय लगायत मानवजिवन, सामाजिक आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर परेकाे बताए । उनी भन्छन् जलवायु परिवर्तनका कारण अती बृष्टि, अनाबृष्टी, बाढी, पहिरो, सुक्खा जस्ता प्राकृतिक विपत्तिको जोखिम बढीरहेको छ । जसले धन, जन, पशुचौपाया, बन, जङ्गल, जल्चर आदिमा प्रत्यक्ष प्रभाव परेकाे छ ।
साेही अवसरमा बाेल्दै नेपाली कांग्रेस पाल्पका सभापति हिमालदत्त श्रेष्ठले भौतिकवादी विकासलाई मात्र विकास नमानि वातावरणीय संरक्षणलाई पनि विकासको समकक्षी आयामका रूपमा स्वीकार गरिएको बताए । बढ्दो जलवायु परिवर्तनको सन्दर्भमा रुखलाई पनि मानव सरह माया र संरक्षण गर्नु आजको अत्यावश्यकता हो, उनले भने । साे अवसरमा पाल्पाका प्रमुख जिल्ला अधिकारी ताेयनारायण सुवेदी, डिभिजन वन कार्यालयका वरिष्ठ फरेष्टर बिष्णु कार्की,  सिर्जनशील टाेल विकास समितिकी सरस्वती शर्मा, पत्रकार भरत शर्मा, राजनीतिककर्मीहरू माधब नेपाल, धनेन्द्र घिमिरे, वडाध्यक्ष महेश्वर श्रेष्ठ लगायतले जल, जमीन र जंगलकाे अन्तरसम्बन्ध रहेकाे भन्दै संवक्षणमा सराेकारवालाहरूकाे भूमिका उल्लेखनीय हुनुपर्ने बताएका थिए ।  राधेश्याम ज्ञवालीकाे स्वागत र श्रीधर कुमार नेपालकाे सञ्चालनमा भएकाे थियाे ।
प्रजातान्त्रिक विचार समाज पाल्पाका सभापति प्रा.डा. रामजी पौडेलले प्रस्तुत गर्नुभएकाे कार्यपत्र निम्नानुसार रहेकाे छ ।
रुख रोपौं वातावरण संरक्षण गरौँ ! 
प्रा.डा.राम्जी प्रसाद पौड्याल
मानिस जसरी जन्मन्छ, बढ्छ, पुनः बच्चा जन्माऊँछ, त्यसरीनै रुखको पानि प्राकृतिक प्रकृया जीवन चक्र हुने हुँदा रुख विरुवा वनस्पतिलाई पनि कानुनी अधिकार प्रदान गर्नुपर्ने कुरामा बहस हुदा वातावरणविद्हरुले अन्तर्राष्ट्रीय मान्यता पाएका छन् । मानवअधिकार जस्तै रुखको अधिकार हुन्छ भनी धेरे देशहरुकासाथै भारतले पनि कानुनी मान्यता प्रदान गरि सकेको छ । रुखको मात्र होइन पहाड, जमिन, जल सबैको अधिकार हुन्छ भनी कानुनहरु बनिसकेको छ । यो छेत्र यति धेरै ब्यापक हुदै गएको छ कि अन्तर्राष्ट्रिय उर्जा नविकरण संस्थाले सन् २०५० सम्ममा ४ करोड २० लाख यूवाहरुले वातावरण क्षेत्रमा रोजगारी पाउनेछन् भनि प्रक्षेपण गरेको छ ।
रुखले पानी र हावा लाई शुद्धीकरण गर्छ, वाढी पहिरो रोकथाम गर्छ, पानीको मूल संरक्षण र पुनर्सबलीकरण गर्छ, तापक्रम कम गर्छ, जाडो कम गरी कुलर र हिटरको खर्च कम गर्छ । शिक्षा, स्वास्थ्य, संस्कृति, रोजगारी आदि समग्र क्षेत्रमा वातावरणको महत्व र नेपालका प्रत्यक गाऊँ शहरहरुमा वसोवास गर्ने सबैमा चेतनाको लहर फैलाउनु, अग्रसर गराउनु साथै  विश्वव्यापी अर्थतन्त्रमा गहन भूमिकाको बारेमा संछिप्त जानकारी दिनु यो प्रस्तुतिको प्राथमिक उद्देश्य रहेको छ ।
रुख, वातावरण र मानिसको सम्मान गरौं बाचौं, बचाउँ ! 
परिचयः
जब हामीले शिर्षक छनौट गर्छौं त्यो अवस्थामा त्यस संग सम्बन्धित प्रयोग भएका प्रत्येक शब्दहरुको आशय के, कसरी, किन र कुन उद्देश्यले प्रयोग गरियो भन्ने स्पष्ट पार्न जरुरी हुन्छ । यस सन्दर्भमा रुखले वातावरणमा पार्ने प्रभावलाई भित्ते ९ँभिह० चित्रको माध्यम बाट छोटकरीमा प्रस्तुत गर्न खोजीएको छ । अतः तिनै नोटहरुको अन्तर्गतको वर्णन यहाँ गरिन्छ ।
शिर्षक शन्दर्भः 
१. मानव अधिकार र रुखको सम्बन्धः
यहाँ मान अधिकारको कुरालाई पनि जोड्नु सान्दर्भिक हुन जान्छ । किन र कसरी भन्ने शन्दर्भमा सन् १९६८ मा वातावरण सम्बन्धि”(UN General Assembly Resolution),” पास गरीयो र त्यसको आधारमा वातावरणलाई मुख्य उद्देश्य बनाउन विश्वव्यापी सम्मेलन ू”Conference of Human Environment,” सन् जुन ५,१९७२ मा स्विडेनको राजधानी Stockholm स्टकहोममा सम्पन्न गरियो । यहि Human Environment सम्मेलनलेAwarness Program of human Right and Natural Right,” लाई मूल मुद्दा बनाई विश्व भरि व्यापक प्रचार–प्रसार शुुरु गरियो । रुख रोपौं वातावरण संरक्षण गरौं भन्ने जनजागरण ९ब्धबचलभकक० गराई यस तर्फ सबैको ध्यान आकृष्ट गर्ने एकमात्र यो लेख को उद्देश्य हो भन्ने स्पष्ट पार्न चाहन्छु । यस सन्दर्भमा प्रजातान्त्रिक बिचार समाज किन प्रवेश ग¥यो भनी जिज्ञासा उत्पन्न हुनु स्वभाविकै हो र यो कुरा स्पष्ट पार्न चाहन्छु ।
२. प्रजातान्त्रिक विचार समाज र वातावरण जागरण अभियानः
प्रजातान्त्रिक विचार समाजको विधान २०५२ को दफा ४ (ङ) अनुसार, “राष्ट्रको सामु ज्वलन्त समस्याहरुको रुपमा आइलागेका आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक, ऐतिहाँसिक, भौगोलिक, शैक्षिक, संवैधानिक पर्यावरणीय समेत र यस्तै अन्य राष्ट्रिय महत्वका विभिन्न विषयहरुको समस्याको समाधान पहिल्याउनको लागि सम्बन्धित क्षेत्रमा विशेष योगदान पु¥याएका ख्याति प्राप्त र विशिष्ट ज्ञान हासिल गरेका व्यक्तिहरुबाट चिन्तन, मनन, अध्ययन, विश्लेशण र अनुसन्धान गर्न लगाउँदा, निकालिएको निष्कर्ष छलफल गरी भएको निर्णय सहितको राय तथा बिचारलाई जनसमुदायमा जानकारी गराउने र त्यसको राय विचार नेपाल सरकार, सम्बन्धित व्यक्ति संस्था, स्थान वा जुनसुकै निकायमा दिई कार्यान्वयन गर्न प्रयास गर्ने”, भन्ने रहेकोले, सोही उद्देश्य प्राप्तिको लागि यो वातावरण जागरण अभियान कार्यक्रम गरिएको कुरा स्पष्ट पार्न चाहन्छु ।
यसै साता जनवरी, ५ २०२५ (पौष २४, २०८१) मा अमेरिकामा आएको हिम आँधिका कारण ६ करोड मानिसहरुलाई प्रभावित पारेको छ र हजारौं हवाई उडान बन्द भएको र सात वटा राज्यहरुमा संकटकाल घोषणा गरेको थियो । यसरी वातावरणको नकारात्मक प्रभावलाई न्यून गर्ने एक उपाय भनेको रुख रोपी संरक्षण गर्नु नै हो भन्ने कुरामा कुनै विवाद देखीदैन ।
नेपालको सन्दर्भमा वातावरण सम्बन्धि ऐन पहिलो पटक वातावरण ऐन २०५३, साथै वातावरण संरक्षण नियमावली २०५४ सालमा प्रकाशन गरिएको थियो र राष्ट्रिय वातावरण नीति २०७६ सालमा ल्याएको थियो । यस प्रकार ६ वर्ष अगाडी बाट मात्र यस क्षेत्रमा महत्वका साथ छलफल हुन थालेकोले निकै नै नौलो विषय मान्न सकिन्छ । स्वास्थ्य सुन्दर हराभरा प्रकृति आउदो पुस्तालाई नबिगारि हस्तान्तरण गर्नु पर्छ भन्ने महान् उद्देश्य र पुण्य कर्म हो भनि व्यापक रुपमा संसारभरि आवाजहरु उठी रहेको पाइन्छ ।
छलफलः
सूर्यबाट अत्याधिक मात्रामा पराजैविकरण पृथ्विमा आउने भएकोले विश्वव्यापि उष्णता तापमानमा बृद्धि हुँदै गएको छ । यसलाई कम गर्ने उत्तम उपाय मध्ये रुख रोप्नु नै हो भन्ने ज्ञानका साथमा यहाँ प्रयोग भएका शब्दावलिहरु ९ख्बचष्बदभिक० लाई सरल शब्दमा राख्न चाहन्छु ।
रुखको भूमिका आजको शन्दर्भमा रुखबाट सामाजिक जनजिवनमा देखिएको फाइदा वा महत्वलाई चित्र (पोस्टर) मा उल्लेख गरिएका प्रत्येक विषयको संक्षिप्तमा वर्णन निम्न रहेको छः
१. रुखः
रुख एक जिवित प्राणी हो, जुन हिड्डुल गर्दैन तर उस्का कार्यहरु मानव अस्तित्वको लागि अपरिहार्य छ । यहाँ हामिले संधै मानव अधिकारका मात्र कुरा गर्छौं तर रुखको अधिकारलाई भुल्दछौं । उस्को अधिकारलाई सम्मान गर्नु मानिसहरुको कर्तब्य हो । एउटालाई रुख भन्छौं भने धेरै रुखहरुको शङ्खयालाई जङ्गल
भन्दछौं ।
सर्वप्रथम भोजपत्र नामक रुखका बोक्राहरुमा हाम्रा ऋषिमुनिहरु र पश्चिमी देशका विद्वानहरुले ठूला–ठूला ग्रन्थहरुको लेखन कार्य प्रारम्भ गरेको र आज सम्म पनि यि लेखहरु विश्वका प्रख्यात ठूला–ठूला पुस्तकालयहरुमा पढ्न र देख्न सकिन्छ । आफुरुख भोवपत्रले आफु समाप्त हुँदासम्म पनि पत्र–पत्र निकाली मानव सेवा गरेको महत्वलाई हामिले गर्बका साथ रुखको सम्मानमा नमनः गर्नु पर्दछ । कल्पना गरौं भोज पत्र नभएको भए आज हाम्रा सभ्यता, संस्कृति र धर्म ग्रन्थहरु यति सजिलै के मा पढ्न पाउथ्यौं होला ? यस अर्थमा रुखको महत्व र गरिमा गौरवपूर्ण छ भन्न सकिन्छ । नेपालमा कुल भूभागको ४५% भूभाग बनजङ्गलले ओगटेको छ । सन् २०४५ सम्ममा ०% कार्बन उत्सर्जन गर्ने उद्देश्य लिएको छ ।
२. कार्बनः
रुख कार्बन÷कार्बन्डाइ अक्साइड उत्सर्जन कटौती र सन्चितिको माध्यमबाट जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्नुका साथै जलवायुबाट सृजित जोखिम लाई सामना गर्ने र परिवर्तित अवस्थालाई अनुकूलित हुन महत्वपूर्ण र बहुआयामिक भूमिका निर्वाह गर्दछ । रुख रोप्नु अन्य बाली लगाउनु, बिरुवा घाँस उमार्नु, सम्रक्षण गर्नु, प्रवद्र्धन गर्नु भनेको बृहत्रुपमा अनुकूल प्राकृतिक वातावरण निर्माण गर्नु हो । यो काम मानिस बाहेक अरुले नगर्ने भएकोले यस बारेमा ज्ञान फैलाउने जागरण अभियानमा यो लेख आकृष्ट भएको छ ।
३. वातावरणः
वातावरण भन्नाले प्राकृतिक, साँस्कृतिक, सामाजिक, आर्थिक तथा मानवीय प्रणाली र क्रियाकलाप यिनका अवयवहरु तथा ती अवयवहरु बिचको अन्तरक्रिया तथा अन्तर सम्बन्ध भन्ने बुझिन्छ । जस्तै प्राकृतिक        (जाडो, गर्मी) साँस्कृतिक, (पूजा, मण्डप, मन्दिर बनाउन) सामाजिक (मर्दाको शलो, जन्मदाको शमिधा) आर्थिक (दाउरा, काठ, बेच बिखन) मानवीय (ठूला–ठूला पानि जहाज निर्माण) केहि उदाहरण मात्र हुन् ।
वातावरण मानव सृजीत र प्रकृती प्रदत्त दुई प्रकारका हुन्छन् । ब्रम्हाण्डमा भएको हावा, पानि, माटो, पशुपंक्षी वनजंगल, जीव जन्तु, खनिज पदार्थ यि सबैको सामुहिक स्वरुपलाई वातावरण भनिन्छ । यि सबैका विचमा समन्वय गरि यिनका अन्तर सम्बन्धलाई खलल नपुग्ने कार्य गर्ने, यिन्को सदुपयोग गर्ने, सम्बर्धन गर्ने एवम् संरक्षण गर्ने कार्यलाई वातावरण व्यवस्थापन भनिन्छ ।
वातावरण साधारण भाषामा जिबित् प्राणिहरुको घर हो । समाजशास्त्री दुन्लप कार्टोन्ले मानिशहरुको आवश्यकताका मुख्य श्रोत प्रकृतिलाई मानेका छन् र प्रकृति र वातावरणलाई एक शब्दमा यसलाई घरको संज्ञा दिएका छन् । वातावरणमा उपलब्ध प्राकृतिक श्रोतहरु (खानि, वन, जंगल, पानी, पहाड, हिमाल, हावा) को प्रयोग बाटनै जीवन प्रकृया अगाडी बढ्दछ । यिनैको व्यवस्थापनबाट विश्वमा विकाश सम्भव भएको हो र हामिलाई यो वर्तमान बैभव प्राप्त छ । वातावरणको दोह (खानी) कुन मात्रामा र कसरी रुपमा परिवर्तन गरेर वा प्रत्यक्ष प्रयोग गर्ने भन्ने विषयहरुमा बिकसित राष्ट्रहरुको बीच प्रतिस्पर्धा भएको पाइन्छ । यो कुरा भविष्य को लागि ज्यादैनै गम्भीर सोचनिय विषय भनेको छ । त्यसैले जिवित प्राणीहरु सबैले सबैको अधिकारलाई सम्मान र प्रवद्र्धन गर्नुपर्दछ । यस शन्दर्भमा प्राकृतीक श्रोत खानिको लागि ठूला ठूला राष्ट्रहरु अमेरीका का राष्ट्रपति ट्रम्प र यूक्रेनका राष्ट्रपति जेलेन्सकी बीच ठूलो मतभेत भएको छ भने रसियाले यहि खानिको लागि विगत तिन वर्षदेखी यूद्ध भैरहेकोछ ।
वातावरण सम्बन्धी प्रथम विश्वव्यापी सम्मेलन अमेरीकाको रियो द जेनेरियो भनने ठाउँमा सन् १९९२ मा भएको थियो । जस्लाई ूग्ल् ऋयलाभचभलअभ यल भ्लखष्चयलmभलत बलम म्भखभयिऊभलत भ्बचतज क्गmmष्तू नाम दिइएको थियो र त्यसै वर्ष देखि विश्व वातावरण दिवस मनाउन शुरु गरियो । विगत मात्र ५० वर्षको विचमा वातावरण जल्दो वल्दो विषयको रुपमा उदाएको पाइन्छ ।
४. प्रदुषणः
प्रदुषण भन्नाले फोहोर मैला, रसायन, ताप, ध्वनि, विद्युतिय चुम्बकीय वा रेडियोकर्मी विकिरणका कारण वातावरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले परिवर्तन गरी वातावरणमा उल्लेखनीय ह्रास ल्याउने क्षती पु¥याउने वातावरणको लाभदायी वा उपयोगी प्रयोजनमा हानी पु¥याउने कार्य सम्झनु पर्छ ।
५. वायु प्रदुषणः
वायुमा मानव स्वास्थ्य र वातावरणलाई नकारात्मक असर पु¥याउने बस्तुहरु तोकिएको सीमा भन्दा बढी मात्रामा मिसिनुनै वायु–प्रदुषण हो । वायु प्रदुषण मानवीय क्रियाकलाप (उद्योगहरु र गाडी बाट निस्कने धुँवा) र प्राकृतिक बाढी, पहिरो, हुरी, आँधि) दुवै कारणले हुन सक्छ । सवारीका साधन, उद्योग, कलकारखाना, फोहर जलाउने कार्य, वन डढेलो, मरुभूमि बाट हावाले उडाउने धूलो, सुर्यको प्रकाश, आदि प्रदूषणका श्रोतहरु हुन् ।
६. मानव स्वास्थ्यमा असरः
वायू प्रदुषणका कारण विशेषतः श्वास प्रश्वास सम्बन्धि रोगहरु लाग्ने गरेको पाईन्छ । विश्व–स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वव्यापी रुपमा करीब ७० लाख मानिसको अकालमा ज्यान जाने गरेको छ भने नेपालमा प्रत्येक वर्ष करीब ४० हजार मानिसले ज्यान गुमाएको पाईन्छ ।
७. अर्थतन्त्रमा असरः
कृषि उत्पादनका साथै पर्यटन क्षेत्रमा ह्रास आएको पाइन्छ । अमेरिकामा सन् १९६० को देशकमा जाडो याममा प्रायजशो दुई पटक शीतलहर चल्ने गरेकोमा त्यो बर्ष देखी ६ पटक सम्म दोहोरीने गरेको छ । त्यस्तै तातो हावा ९ज्भबत धभबखभ० लु को अवस्था पनि बढी रहेको छ । जस्ले गर्दा अर्थतन्त्रमा ठुलो नकारात्मक प्रभाव परिरहेको छ ।
८. समग्र पर्यावरणमा असरः
वायू प्रदुषणले मानिसका साथै जंगली जनावरहरु चरा चुरुङ्गी, बोट बिरुवा ९ीष्खष्लन तजष्लनक० जिवित प्राणीहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर गरीरहेको छ । यदि पर्यावरणमा वायू नहुँदो होत कुनै पनि प्राणीको यस पृथ्विमा अस्तित्वनै हुने थिएन । एक शब्दमा एसलाई परिस्थितिय प्रणाली ९भ्अय(कथकतझ०  भनीन्छ । जोखिमपूर्ण मौसमका घटनाहरु, जैविक विविधतामा ह्रास, स्वास्थ्य जोखिममा वृद्धि र मानिसहरु आफुखुसी नभै बाध्यतावस आफुबसी राखेको बासस्थानलाई परित्याग गरि अन्यत्र बसाई सराइगरी बिस्थापित हुनु पर्ने सम्मको स्थितिलाई परिस्थितिय प्रणाली भनिन्छ । यो प्रणालीलाई स्थिर बनाइ राख्ने मानिसको कर्तब्य भएकोले यस तर्फ मानिसको दृष्टि पुग्नु आवश्यक र महत्वपूर्ण छ । अतः उद्योगहरुबाट निस्कने धुवा र केमिकल पानीहरु प्रशोधन ९ँष्तिभच० गरेर मात्र वायुमण्डलमा र जमिनमा छाड्नु पर्ने प्रावधानहरु कडाइका साथ पालन गर्नु पर्ने देखिन्छ ।
वर्तमान चर्चाको विषयः शब्दहरु
१. हावामा मौजुद कणहरुः ए।ः। एबचतष्अगबिचकस् एबचतष्अगबितभ ःबततभच ९एः०
पि.एम. भन्नाले हावामा पाईने ठोस कणहरु र तरल थोपाहरुको मिश्रण हो भनी बुझिन्छ । यसमा धूलो, फोहोरो, धुवाँ, एसिड–नाइट्रेट सल्फेट, फलामका कणहरु र फूलहरुको परागहरु सबैको मिश्रण बाट पि.एम.का. निर्माण हुन्छ । जस्मा पि.एम. २.५ र पि.एम.१० दुई प्रकारको पाईन्छ । यसबाट देखा पर्ने रोगहरुमा मुटुको रोग, ब्रोनकाइटिस, फोक्सोको रोग दम, आँखा, नाक, कान, घाँटीको रोग लाग्ने गरेको छ । पि.एम.ले वातावरणमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ । जस्तै वातावरणमा एसिड उत्सर्जन गराउँछ र उत्पादकत्वमा कमि हुन्छ, नदिको पनी र माटोमा भिटामिन न्युट्रियन्ट कमि गराउँछ , उत्पादनमा र जंगलमा क्षति पु¥याउनुको साथै एसिड वर्षागराउनमा मद्दत पु¥याउछ, जुन सबै नकारात्मक तत्वहरु हुन् । जस्लाई न्यून गर्ने कार्य मानिसकै दायित्वमा पर्दछ किनकी वातावरण बिगार्ने र उचित व्यवस्थापन गर्ने मानिसनै हो ।
२. कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम ९भ्mष्ककष्यल च्भमगअतष्यल एचयनचबm०
कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रमको लक्ष्य वन विनाश तथा क्षयीकरणबाट हुने उत्सर्जन न्यूनीकरण गर्दै वनमा कार्वन सन्चिती संरक्षण र कार्बनलाई अभिवृद्धि गर्नु रहेको छ  । वन विनाश र वन क्षयीकरणले मानिसको जीविकोपार्जन र समग्र राष्ट्रिय विकासमा प्रतिकुल प्रभाव पार्दै आएको छ । त्यसैले वन विनाश र क्षयीकरण सम्बन्धि समस्या सम्बोधनका लागि नेपालले रेडप्लस कार्यक्रम सञ्चालन गरिरहेको छ । विश्व बैंकले वन कार्वन साझेदारी संयन्त्र अन्तर्गतको तयारी कोष ९ँयचभकत ऋबचदयल एबचतलभचकजष्उ ँबअष्ष्तिथ(च्बबमष्लभकक ँगलम० को सहयोगमा नेपाल लगायन ४७ वटा देशमा यो कार्यक्रम सञ्चालीत भएको छ । जुन नेपालले यो कार्यक्रम वि.सं. २०६६।०६७ देखि कार्यान्वयनमा ल्याएको छ । जस्लाई तलको तालिकामा प्रस्तुत गरिएको छ ।
वन विनाश बाट हुने उत्सर्जन न्यूनिकरण + वन क्षयीकरण बाट हुने उत्सर्जन न्यूनिकरण + वन कार्बन सञ्चित संख्या + वनको दिगो व्यवस्थापन + वन कार्बन सञ्चित अभिवृद्धि
श्रोतः रेड कार्यान्वयन केन्द्र, वन तथा वातावरण मन्त्रालय, नेपाल सरकार, धधध।चभमम।नयख।लउ
९. विश्वमा रुखको संख्या कति छ?
म्च। त्जयmबक न्चयधतजभच थ्बभि ग्लष्खभचकष्तथ संग सम्बन्धित हुनुहुन्छ, को अध्ययन नतिजा सन् २०१५ अनुसार ३.०४ ट्रिलियन, नेपालीमा तीस खर्ब चालीस अर्ब रुखहरु गणना गरीएको छ । साथै वनस्पति प्रजातिहरु ४ लाख रहेका छन् ।
१०. जिबित प्राणीहरुको वासस्थान र जिबिकोपार्जन
औषत रुपमा हिसाब गरि अध्ययनको नतिजानुसार एउटा रुखबाट २३ लाख जिवित प्राणिहरुको जिवन निर्वाह हुने गर्दछ । उदाहरणको लागि चरा  चुरुङ्गी, लामखुट्टे, पुतली, मौरी, चमेरा, गिद्द, कौवा, सर्प, पोषम, बादर, माकुरा, कमिला, बाघ, भालु, मृग, चितुवा, गैडा, हात्ति, खरायो, आदिको जिवन (जन्म–वृद्धि, मृत्यु) यिनै रुखहरुमा  हुने गर्छ । रुखका घोन्द्रिएका प्वालहरु र हाँगाहरुले चराहरुको गुण बासस्थान प्रदान गरी सेवा प्रदान गरी रहेको छ ।
११. मानिसहरुको दैनिकीको आधार
मानव जातिको लागि जन्म देखि मृत्यु पर्यन्त रुखले सेवा प्रदान गरी रहेको छ । उदाहरणका लागि जन्म, न्वारन, ब्रतवन्ध, विवाह, पूजा गर्दा समिधा, वर, पिपल, स्वामि, वाँस, उखँु, आवश्यक पर्छ भने मर्दाको अवस्थामा बाँसको खट र घाटमा लाश  जलाउनको लागि दाउरा सलो, अफिसमा बसि सात घण्टा काम गर्न मानिसको हाईट अनुसार (अग्लो–होचो) उमेर अनुसारको कुर्सी, पलङ्ग, शोफाको प्रयोगका साथै वर, पिपल, दुवो, तुल्सीपत्रलाई भगवानको प्रतिविम्ब भनि पूजा गर्दछौं । यसबाट के भन्न सकिन्छ भने मानिसको सम्पूर्ण, धर्म, संस्कृतिका साथै जन्मने बित्तिकै स्वासप्रश्वास प्रक्रियाबाट सुरुभई मृत्यु पर्यन्तको साथी र विश्वासको धरोहर  हो भन्नमा अतिशयोक्ति हुने छैन ।
१२. रुखको हाँगाको उपयोगः
हो बुढेशकालमा हिँड्डुल गर्न सहारा लट्ठीको रुपमा प्रयोग गर्छौं भने त्यहि लट्ठी वदमाशहरुलाई अनुशासनमा राख्नको लागि छडीको रुपमा प्रयोग गर्दछौंं ।
१३. मौसममा स्थिरीकरणः
गर्मि मौसम जेष्ठ, असारको महिनामा एउटा रुखमुनिको छहारीमा बस्ने हो भने हामिलाई शितलता प्रदान गर्दछ । किन र कसरी भने प्रत्यक एउटा झाङ्गिएको पूर्ण रुखले ४ डिग्री सम्म गर्मि तापक्रम घटाउनमा मद्दत गर्दछ । जाडो महिनामा आगो त्यहि रुखका ठुँटाहहरु र हाँगाविङ्गा दाउराका रुपमा प्रयोग गरि न्यानोपन प्राप्त गर्न सक्छौं । यसरि गर्मिमा शितलता र जाडोमा न्यानोको सहारा हो भन्न सकिन्छ ।
१४. हरियाली
प्रकृतिको हरियालीले आँखाको ज्योति बढाउन मद्दत गर्दछ भने हृदय–चित्तलाई सप्तरंगी फूलहरुको आनन्दित तुल्याउँछ र सुन्दर हराभरा शहरको निर्माण गर्दछ ।
१५. बिशाक्त वायु पारामिथियम लिड नियन्त्रणः
वायुमण्डलमा विषले भरिएको वायु जस्लाई पारामिथियम लिड भनिन्छ, जुन प्रचुर मात्रामा हुन्छ । स्वास प्रस्वास प्रक्रियामा सास फेर्दा मानिसको फोक्सोमा हावाको माध्यम बाट फोक्सोमा पुग्छ र स्वास्थ्यलाई अत्यन्त खराब गरि फोक्सोको क्यान्सर जस्तो रोग लगाउँछ । एउटा रुखले करिब ४ चार मिलिग्राम पारामिथियम लिड सोशि वायु प्रशोधन ९ँष्तिभच० गर्दछ ।  जस्को कारणले गर्दा मानिस दीर्घजिवि र स्वस्थ हुन मद्दत गर्दछ ।
१६. कार्बन सोस्ने कार्यबाट मानव कल्याणः
मानव सृजित कार्बन दुषीत हावा प्रतिवर्ष एउटा रुखले एक लाख वर्ग मिटर औषतमा २० टन कार्बन सोस्ने काम गरी दुषित हावा प्रशोधन ९ँष्तिभच० गर्दछ । साथ साथै करिब ७०० के.जी. अक्सिजन शुद्ध हावा वायुमण्डलमा पठाई मानव कल्याण गरेको छ ।
१७. पानीको मुल श्रोतः
पानीको मूलको मुख्य श्रोतको रुपमा रुखलाई लिन सकिन्छ । जस्ले मुलको संरक्षण गर्दछ भने बाढि, पहिरो जस्तो प्राकृतिक संकट न्यूनीकरणमा मद्दत गर्दछ ।
१८. शिक्षा र स्वास्थ्यमा योगदानः
पौराणिक वैदिक कालदेखिनै आयुर्वेद शिक्षाको माध्यम बाट यिनै रुखका जरा, बोक्रा, पात, फलफूल औषधिको मूल ओतको रुपमा प्राप्त गर्दै आएकोले यो स्वास्थ्य महत्वलाई उल्लेख गर्नु सान्दर्भिकनै ठहर्दछ । त्यस्तै शिक्षाको क्षेत्रमा शुरुमा बाँसको कलमको प्रयोग मैले समेत वि.सं. २०१५–१७ को बिचमा गरेको थिएँ भने आजपनि हलो–जुगवा र मलको रुपमा प्रयोग कृषि क्षेत्रमा व्यापक छ । यस प्रकार अर्थ, शिक्षा, स्वास्थ्य, कृषि प्रत्यक क्षेत्रमा दिएको योगदान महत्वपूर्ण छ ।
१९. भुमण्डलीय उस्मीकरणः
हरितगृह ग्यासको अन्याधिक वृद्धिले गर्दा वायुमण्डलको तापक्रम वृद्धि हुनुलाईनै भुमण्डलीय (बिश्व) उस्मीकरण भनिन्छ । भुमण्डलीय उस्मीकरण ९न्यिदब िध्बचmष्लन० ले विश्ववातावरण लाई तताउने भएकोले छिटो छिटो जलवायुमा परिवर्तन भई पृथ्वी र मानवमा प्रतयक्ष महसुस हुनेगरि प्रभाव पारिरहेको छ । प्रमुख हरितगृह ग्यासहरुमा कार्वन्डाइ–अक्साइड, मिथेन, नाइट्रस अक्साइड, हाइड्रो–क्लोरोफमोलो कार्बन, पानीको बाफ आदि हुन् जस्ले सुर्यको परावर्तित हुने प्रकाशलाई रोक्ने र पृथ्वीको तापक्रम वृद्धि गर्ने मद्दत गर्दछ । यस प्रक्रियालाई हरितगृह प्रभाव भनिन्छ । यस बिश्वलाई प्रभावपार्नुका साथै नेपाललाई नराम्रो गरि प्रभावित गरेकोले यस्का जानकारहरु नेपाल अत्यन्त जोखिमको अवस्थामा ९ख्गलिभचबदभि तय अष्mिबतभ अजबलनभ० छ भनी ब्यक्त गरेका छन् । यस्लाई नियन्त्रण गर्ने मानव प्रयासका साथै प्राकृतिक उपाय भनेको रुख रोप्नु हो । हरितगृहको प्रभावका कारण तापक्रम बढ्नु, नियमित वर्षा नभई सिजन बिपरित शुक्खा ९म्चष्भच बलम ध्भततभच० हुनु, मन्सुन नियमित नभै अधिक वा कम हुनु, बाढी, पहिरो, भुक्षयिकरण–माटो बगाउन, पानीको मुल श्रोत सुक्नु, खाद्य सुरक्षा बढाउनु पर्ने, र जैविक विविधतामा असर मुख्य ध्यानाकर्षण गर्नु, र जनजागरण फैलाउनु यो प्रस्तुतिको मूल मर्म र उद्देश्य हो ।
श्रोतःधधध।ष्दिष्चम। यचन
२०. जलवायु परिवर्तन र समग्र पर्यावरणमा प्रभावः
क) बिकिरण प्रभाव
पृथ्वीमा सौर्य विकिरण मार्फत ताप शक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण पृथ्वीमा वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ । पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्दछ त्यतिनै विकिरण पुनः अन्तरीक्षमा फिर्ता पठाउछ, जस्ले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ । तर कुनै कारणवस (जस्तै वन जङ्गल फडानी, आगलागी, रुख कटानी, औद्योगिक धुवा आदिले गर्दा) विकिरणको लेनदेनमा घट–बढ हुन गई असन्तुलन हुनेछ र तापक्रममा फेरबदल हुँदा जल्वायुमा परिवर्तन आउछ । प्रति वर्ष नेपालमा पशु पालन, माछा पालन कृषि उत्पादनमा १० देखी ३०% सम्म उत्पादनमा घाटा भएको पाइन्छ । बढ्दो तापक्रम, वर्षामा परिवर्तन, हिमाल पग्लिनु र कालो पहाड मात्र देखिनु, कृषि उत्पादनमा कमी, जलवायु बिपदहरु, परिस्थितिजन्य प्रणालीमा परिवर्तनहरु, स्वास्थ्यमा प्रतिकुल प्रभावहरु मुख्य असरहरु हुन् ।
ख) हरितगृह प्रभाव
हरितगृह ग्यासको प्रमुख श्रोतहरुमा बन जंगल रुख फडानी बिनास, कोइला खनिज जन्य इन्धनको दोहन, औधोगिकीकरण आदी जस्ता कृयाकलाप पर्दछन् । हरितगृह ग्यासको कुल उत्सर्जनमा नेपालको हिस्सा ०.०२५% रहेको छ । त्यस्तै जिवास्म इन्धन मार्फत कार्बान्डाइ अक्साइड उत्सर्जन गर्ने राष्ट्रहरुमा १०९ औं स्थानमा पर्दछ ।
पृथ्वीमा  जल्वायु परिवर्तनका कारणले सन् २०६१ देखि २००३ को बिचमा समुन्द्र सतहमा १.८ मिलिमिटरले वृद्धि भयेको छ । नेपालमा प्रती वर्ष औशत ०.०४ डिग्री सेल्सियस्का दरले तापक्रम बढीरहेको छ ।
श्रोतः विकिपिडिया
२१. जलवायु परिवर्तनलाई कम गर्ने उपायः
१) अत्याधिक कार्वन डाइअक्साइड बातावरणमा उत्पादनका कारण जलवायु परिवर्तनको समस्या देखा परेको हो । यस् सन्दर्भमा सन् २००४ मा प्रकाशित प्रतिवेदनलाई आधार मान्दा वर्तमानमा पृथ्वीमा उत्सर्जन हुने ६०% कार्वन्डाइ अक्साइड बनजङ्गलले शोस्नी गर्दछ ।
२) बन जङ्गलले हरितगृह ग्यास उत्पादनमा कमिल्याउन बैकल्पिक उर्जा एक प्रमुख उपाय हो । त्यसैले आजैदेखी पेट्रोलियम उर्जाको प्रयोगमा कमि ल्याइ अन्य उर्जा जस्तै जलविद्युत, सौर्यशक्ती, वायु शक्ति, बायो ग्यासमा र हाइड्रोजन ग्यासको प्रयोगमा वृद्धि ल्याउनु जरुरी छ । सन् २००९ मा जल्वायु परिवर्तन सम्बन्धि कोपन हेगन सम्मेलनले भविश्यमा हरित्गृह ग्यासको मात्रा अहिलेको अनुपातमा बढ्दै गएको खण्डमा अझ स्थिती भयावह हुने निस्कर्ष निकालेको र स्थानीय राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमानै साझा कार्यको खाँचो औंल्याएको पाइन्छ ।
२२. हरितगृहग्यास ९न्चभभल(जयगकभ न्बक०
क्योटो प्रोटोकल अनुसार हरितगृहग्यास ९न्चभभल(जयगकभ न्बक० बन्ने प्रक्रियालाई दुई प्रकार बाट सृजना हुन्छ भनी व्याख्या गरेको पाइन्छ ।
१. प्रकृति बाट सृजित हरित गृह
क) कार्बन्डाइ अक्साइड    ख) मिथेन ग) नाइट्रस अक्साइड
घ) हाइड्रोक्लोरो कार्बन    ङ) पलफ्र्लोरो कार्बन च) सल्फर हेक्जाफ्लोराइड
२.मानिस बाट सृजित
क) उर्जा उत्पादन९त्जभचmब िउबिलत०    ख) उद्योग कल–कारखाना ग)  बन विनास तथा क्षयीकरण
घ) कृषि क्षेत्र    ङ) यातायात च)  आवासीय तथा ब्यावसायिक भवन
छ) फोहोर पानी विसर्जन
श्रोतः क्ष्एएऋ ँयगचतज ब्ककभककmभलत च्भउयचतस् द्दण्ण्ठ
नेपाल सन्दर्भ
विश्वको ठूलो जनसंख्याले घास, दाउरा, कूर्चि, पलङ्ग, सोफा, घर–घरको आन्तरीक सजावट शिपयूक्त काठमा कूँदीएका चित्रहरुको प्रयोग र जीवन सहारा आदि जस्ता अवर्णनीय विकाशका आधार स्तम्भ र अपरिहार्यता रुखको भतनी महशुश गरिएको छ ।
माथि वर्णन गरिए बाहेक केहि कुराहरु उल्लेख गर्नु सान्दर्भिक एवं उध्दृत छन् ।
 प्रत्येक देशले आफ्नो राष्ट्रिय पहिचानको चिन्ह रुखलाई अङ्गीकार गरेको छ । उदाहरणको लागि गुराँश नेपाल, कटुश अमेरिका, पैयूँ जापान ।
 नेपालमा बर, पिपल, दुवो, तुल्सीपत्र जस्ता प्राकृतिक वस्तुहरुलाई धर्म र आस्थाको रुपमा लिएका छौं । बैशाख महिनामा रुखलाई बचाउन “पिपलमा पानि चढाउने” प्रचलन आज पनि छंदैछ । यसरी रुखको संभार संरक्षण हामी गर्दछौं ।
 बुद्धको जन्म शाल बृक्ष मुनि र शिक्षा र अन्त्य सबै पिपलको छहारिमा भएको कुरा सर्व विदित
छ ।
वातावरणमा रुखहरुको विनाशले धेरैनै नकारात्मक प्रभाव पारेको विश्वका एक दुई उदाहरणहरु उद्घृत गरियो भने नेपालको सन्दर्भमा २०८१ पौष महिनाको ९ गते प्रशारित कायाकैरन कार्यक्रम अनुसार नेपाललाई केहि आर्थिक सहायता विश्व वातावरण संरक्षण संगठन बाट प्राप्त भएको छ ।
सन् २०१८ देखि २०२४ सम्मको सातवर्षको अनुभव र अनुसन्धानले के देखायो भने  कार्वन उत्सर्जन क्षेत्र रौतहट देखि कञ्चनपुर सम्मको १७ लाख हेक्टर जमिनमा लगाईएको रुखहरु बाट जम्मा जम्मि २ करोड चार लाख टन कार्बन हावा विक्रि गरी १ अर्ब ६० करोड रुपियाँ नेपाल सरकारलाई प्राप्त भएको छ । भनि रेडकार्वन कार्यालय प्रमुख नवराज पुडासैनीले जानकारी दिनुभयो ।
यो रकम नेपाललाई प्राप्त भए पनि नेपालले वातावरण परिवर्तन बाट भोगी रहेको प्रभावको बारेमा मानव स्वास्थ्य, हिमाल, पहाड तराई, बन्य जन्तु, कृषि उत्पादन, जस्ता क्षेत्रका वासिन्दा–समुदायहरुमा विस्तृत अध्ययन गरि रकम बितरण गर्नु आवश्यक छ ।
आज विकसित र विकाशशील राष्ट्रहरु बिचको द्वन्द वातावरण सम्बन्धि वेला वेलामा सुन्न पाएका छौं । औधोगिक राष्ट्रहरुले उत्सर्जन गरेका नकारात्मक प्रभावहरुको प्रतिफल (धुवाँ, धुलो, नदिनालामा, फालिने फोहोर) सर्वसाधारण जनताहरुले खाने तर उनिहरुले उत्पादन गरेको औद्योगिक वस्तुहरुको भित्रीबाट आउने नाफा विकशित राष्ट्रले खाने, के यो उपयूक्त हो? भन्ने विवाद छ । त्यो नाफाको निश्चित प्रतिशत औद्योगिक राष्ट्रहरुले विकाशशिल राष्ट्रहरुमा सहयोग प्रदान गर्नु पर्छ पर्दैन छलफलको विषय हो । अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय वातावरण सम्बन्धि सम्मेलनमा भाग लिन नगै बजेट नछुट्याउने बहिस्कार गर्ने अघिल्लो कार्यकालको नीति बाहिरीएको थियो । वर्तमान समयमा यो संस्थाबाट अलग हुने घोषणा गरे ९त्चगmउ एगििभम तजभ ग्लष्तभम क्तबतभक यगत या तजभ एबचष्क ऋष्mिबतभ ब्अअयचम० । हालैमा नेपाललाई दिंदै आएको रकम अब भविष्यमा नदिने भनी घोषणा गरीसकेका छन् ।
नेपालको सन्दर्भमा यो १ अर्ब ६० करोड रकम साँच्चिनै पर्याप्त न्यायपूर्ण छ त ? पक्कै पनि धेरैनै न्यून छ । सरकारले प्राप्त रकमलाई त्यस क्षेत्रमा बसोवास गर्ने बासिन्दा, सामुदायिक उपभोक्ता समूह, वन्यजन्तुहरुमा कसरी खर्च गरी फाईदा पु¥याउछ भन्ने नीति स्पष्ट देखिदैन । यदि कार्बन उत्सर्जन नगरी त्यस क्षेत्रको वन जंगलका काठहरुलाई व्यवस्थित गरि विक्रि गरेमा त्यो रकम भन्दा धेरे गुणा ठूलो रकम आउने र नेपाल सरकारलाई फाईदा पुग्थ्यो भन्ने एकथरी ज्ञाताहरुको अभिव्यक्ति आएको छ । अतः यो क्षेत्र पनि अनुशन्धानको विषय र तत्काल ध्यान दिनु पर्ने क्षेत्र हो भन्ने ठम्याई सोचाई र बुझाई छ ।
जल वायु परिवर्तनले हिमालय लगायत मानवजिवन, सामाजिक आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर का कारण अती बृष्टि, अनाबृष्टी, बाढी, पहिरो, सुक्खा जस्ता प्राकृतिक विपत्तिको जोखिम बढीरहेको छ । नेपालमा करिब २० वटा हिमतालहरु कुनै पनि बेलामा फुट्ने जोखिमपूर्ण अवस्थामा छन् । यो जोखिमको आंकलन र पर्न जाने असर बारे अनुशन्धान गरि पानी बहाव क्षेत्रमा कसरी बच्ने तालिम दिने कार्य तत्काल सुरु गर्नु पर्दछ । यसो गर्नाले धन, जन, पशुचौपाया, बन, जङ्गल, जल्चर आदिको बचाउ गर्न सकिन्छ ।
निष्कर्षमा दुई बर्ष अगाडी सन् २०२२ मा पाकिस्तानमा जुन अभिवृष्टिका कारण बाट भएको क्षति, अफ्रिकामा वर्षा नभएको कारणले अन्नउत्पादनमा कमि भएकोले भूखमरी र अमेरिकाको लस एञ्जलसमा १ हजार एकड भन्दा धेरैमा जनवरी २०२५ देखि लागेको डढेलो जुन नियन्त्रण बाहिर गई स्वास्थ्य संकटकाल घोषणा गरेको थियो भने अघिल्लो सातामा आयको हिम आँधीको क्षतिको पूर्ण विवरण अझ आई सकेको छैन । अर्को आधी आइसकेको छ । यस प्रकार वातावरण प्रति हेलचक्रयाई गरेको कारणले र तापक्रम बढ्नाले ओजोनमा प्वाल परि सम्पूर्ण पृथ्विलाईनै ठूलो नकारात्मक असर पर्न गएको छ ।
नेपालमा पनि हिमाली क्षेत्रमा हिउँ नपरेर कालो पहाडहरु बढ्दै गएको छ भने हिमताल फुट्ने गरेको पाईन्छ । मरुभूमि मात्र भएको देश ठाउँमा त्यसको लागि मात्र र भूटान जस्तो पहाडी भूगोलमा एउटा मात्र पहाडी संरक्षण व्यवस्थापन नीति पर्याप्त हुन्छ । तर नेपाल जस्तो भौगोलिक विविधताले भरिपूर्ण भएकोले भिनन नीति आवश्यक पर्दछ ।
वास्तवमा नेपालको भौगोलिक बनावट, हिमाल, पहाड र तराई भएकोले सोही अनुरुपको तीन प्रकारको बेग्लाबेग्लै नीति तथा कार्यक्रम स्थानिय आवश्यक्ता र जोखिम अनुसार छुट्याइ, ऐन, नियम, कानुन निर्माण गरि लागु गर्नु पर्ने स्पष्ट देखिन्छ ।
जलवायु परिवर्तनका दीर्घकालीन प्रभावका रुपमा यहाँ दुई वटा महत्वपूर्ण विषय प्रस्तुत गर्न चाहन्छुः प्रथमत हिमाल र उत्तरी र दक्षीणी गोलार्धमा रहेको एन्टार्टिकाका हिऊहरु पग्लिएर केहि वर्षमानै समुन्द्रको सतहको उचाई २ मिटर माथि बढ्ने र त्यहाँका सम्पूर्ण सामूद्रिक तट्का शहरहरु द्यभबअज अष्तथ विस्थापित हुने छन् भने विश्वमा बढेको तापक्रमका कारण मानिसमा श्रम शक्तिमा क्षयिकरण हुन गई हालको क्षमता भन्दा करीब २.२% प्रतिशतले कमि आउने वैज्ञानिकहरुले प्रक्षेपण गरेका छन् । वातावरणलाई बेवास्ता गर्नु भनेको विश्वमा भुखमरी लाई स्वागत गर्नु हो ।
निश्कर्षमा भविष्यको लागि के सुझाव दिन चाहन्छु भने म व्यवस्थापनको विद्यार्थीको नाताले तुरुन्तै ूभ्लखष्चयलmभलत बलम ल्बतगचब िम्ष्कबकतभच ःबलबनझभलतू वातावरण र प्राकृतिक विपद् व्यवस्थापनको अध्ययन पाठ्यक्रममा समावेश गरी स्कूल, कलेजको माध्यमबाट लागु गर्नु पर्छ । “एक घर एक रुख” का साथै मानिसको घर, भान्छा हिडडुल र व्यवहारमा परीवर्तन गर्नु पर्नेमा हाम्रो दायित्व बोध गराउनु जरुरी देखिएकोछ । जस्को लागि नेपाल सरकारले समयमानै ध्यान देओस भनी अनुरोध गर्दछु ।
श्रोतः
विकिपिडिया
रेड कार्यान्वयन केन्द्र, वन तथा वातावरण मन्त्रालय, नेपाल सरकार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय