
काठमाडौं । विद्यालय शिक्षा विधेयकको ९१ वटछा दफामा सहमति जुटेको छ । संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिमा ९१ वटा दफामा सहमति जुटेको हो ।
दफावार छलफल गर्दै सहमति खोज्दै अघि बढिरहेको प्रतिनिधिसभा सदस्य तथा उपसमिति सदस्य सरिता भुसालले जानकारी दिइन् ।



१६३ दफा रहेको विधेयकमा अब ७२ दफामा सहमति जुट्न बाँकी छ । सामान्य तथा कम विवादित दफामा सहमति जुटाउँदै आएको उपसमितिमा आज १४६ दफादेखि १५९ दफासम्म छलफल भएको थियो । ति दफाहरूमा सहमति जुटेको उनको भनाइ छ ।
उपसमितिमा १७५८ संशोधन बुँदामध्ये आजसम्म १२०० बुदामा छलफल गर्दै सहमति जुटेको हो ।
विधेयकमा धेरै संशोधन परेका छन । त्यस्तै सातै प्रदेशबाट आएका सुझावहरू समेट्नुपर्ने अवस्था छ । सबै विषय मिलाएर मात्रै दफाहरूमा सहमति जुटाउँदै आएको छ ।
शिक्षक तथा विद्यालय कर्मचारीहरूले काठमाडौं केन्द्रीत आन्दोलन चर्काइरहेका बेला उपसमितिले छलफललाई तिब्रता दिएको हो ।