latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

काठमाडौं । विद्यालय शिक्षा विधेयकको ९१ वटछा दफामा सहमति जुटेको छ । संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिमा ९१ वटा दफामा सहमति जुटेको हो ।

दफावार छलफल गर्दै सहमति खोज्दै अघि बढिरहेको प्रतिनिधिसभा सदस्य तथा उपसमिति सदस्य सरिता भुसालले जानकारी दिइन् ।

१६३ दफा रहेको विधेयकमा अब ७२ दफामा सहमति जुट्न बाँकी छ । सामान्य तथा कम विवादित दफामा सहमति जुटाउँदै आएको उपसमितिमा आज १४६ दफादेखि १५९ दफासम्म छलफल भएको थियो । ति दफाहरूमा सहमति जुटेको उनको भनाइ छ ।

उपसमितिमा १७५८ संशोधन बुँदामध्ये आजसम्म १२०० बुदामा छलफल गर्दै सहमति जुटेको हो ।
विधेयकमा धेरै संशोधन परेका छन । त्यस्तै सातै प्रदेशबाट आएका सुझावहरू समेट्नुपर्ने अवस्था छ । सबै विषय मिलाएर मात्रै दफाहरूमा सहमति जुटाउँदै आएको छ ।

शिक्षक तथा विद्यालय कर्मचारीहरूले काठमाडौं केन्द्रीत आन्दोलन चर्काइरहेका बेला उपसमितिले छलफललाई तिब्रता दिएको हो ।

भोली नयाँ वर्ष भएकाले भोलीको छलफल भने नराखिएको भुसालले बताइन । उपसमितिले नीजि विद्यालय, शिक्षकहरूको सवालमा भने उच्च तहमा सहमति खोज्ने भन्दै ति विषयमा छलफल अघि बढाएको छैन् । ति बाहेक अन्य दफाहरूमा भने सहमति जुटाउँदै आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय