latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, २० चैत

जनक शिक्षा सामाग्री केन्द्रले मुद्रण गर्ने पाठ्यपुस्तक यस बर्ष लुम्बिनी प्रदेशका पहाडी जिल्लामा पुगिसकेको छ ।
केन्द्र मुद्रण गर्ने कक्षा ५ देखि १० सम्मका पाठ्यपुस्तक लुम्बिनी प्रदेशका सबै पहाडी जिल्ला पुगिसकेको हो ।  लुम्बिनी प्रदेशका रुकुम पुर्ब बाहेकका सबै पहाडी जिल्लामा जनक शिक्षाको प्रदेशीक कार्यालय बुटवलले पाठ्यपुस्तक बितरण गर्दै आएको छ ।

नयाँ शैक्षिक सत्र २०८२ को लागि प्रदेशको पहाडी जिल्लामा करिब ५ करोडको पुस्तक जिल्ला जिल्लामा पुगेको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड बुटवलकि कार्यालय प्रमुख बिष्णु पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार पुस्तकको डिपो रहेको बुटवलबाट दुरीका हिसाबले टाढा रहेका जिल्लालाई पहिला पुस्तक वितरण गरिएको छ ।
पहाडी जिल्लामा पुस्तक पुगिसकेको हुनाले अब तराईका जिल्लामा वितरण सुरुभएको जनक शिक्षा सामाग्री केन्द्र बुटवलका जिन्सी प्रमुख राजेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार कक्षा ९ को अर्थशास्त्र, ऐ गणित र कम्प्युटर बिज्ञान  बिषय परिबर्तन भएकाले ती बिषय छिट्टै आउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय