latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) पाल्पाको नयाँ नेतृत्व चयन भएको छ । शाखाको सोमबार तानसेनमा सम्पन्न पाँचौं अधिवेशनले इमान सिं रानाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

 

शाखाको उपाध्यक्षमा एवतकुमार सारु, सचिवमा धनबहादुर ठाडा, सहसचिवमा मीना कुमाल, कोषाध्यक्षमा अनिल लिगल चयन गरेकाे को छ । यस्तै, सदस्यहरूमा होम राईमगर, पुनाराम सुनारी, विमल कुमाल, रुपा थापा र प्रेमकान्छा राई  चयन गरिएको छ ।

 

अधिवेशनले केन्दीय प्रतिनिधिमा देवबहादुर पचभैया, निवर्तमान अध्यक्ष रनबहादुर कुमाल, राजेन्द्र लिगल, मिना कुमारी कुमाल र रुपा थापालाई चयन गरेको छ । त्यस्तै प्रदेश प्रतिनिधिमा दानबहादुर हिस्की, दिलबहादुर गाहा, यमबहादुर थापा चयन भएकाे निर्वाचन समितिका संयोजक रेखीराम रानाले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय