latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा,१४ चैत

लिफ्ट प्रबिधिबाट खानेपानी आपूर्ति हुँदै आएको  तानसेनमा पानी तान्ने पम्प बिग्रेपछि केही दिन यता खानेपानीको समस्या हुँदै आएको छ ।
आज तानसेनमा तानसेन खानेपानी उपभोक्ता समितिले पत्रकार सम्मेलन गर्दै अझै बढिमा १५/२० दिन खानेपानीको सहज पहुँच हुन नसक्ने बताएको छ । त्यसपछी खानेपानीको समस्या कम हुने समितिले जनाएको छ ।

भुल्के सिस्ने,लगायतका ठाउँबाट भने पानी आइरहेको भएपनी त्यो प्रयाप्त नभएको  समितिले जनाएको छ । ती मुहानमा पनि पानी कम हुँदै गएको समितिले जनाएको छ । तानसेनमा दैनिक ३० लाख लिटर खानेपानी खपत हुनेमा कालीगण्डकी नचन्दा दैनिक १० लाख लिटर मात्र आपूर्ति हुँदै आएको छ । कालीगण्डकी परियोजनाबाट दैनिक १० लाख लिटर पानी आपूर्ति हुँदै आएको थियो ।दैनिक १० लाख लिटर पानी आपूर्ति हुँदै आएको कालीगण्डकी परियोजनाको मोटर बिग्रेपछि तानसेनमा खानेपानीको समस्या आएको हो ।
पत्रकार सम्मेलनमा उपभोक्ता समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले बिग्रेको पम्प  मर्मत यहाँ हुन नसकेपछि भारतबाट पम्प मगाउनुपरेको बताउनुभयो । उहाँले त्यो पम्प आएपछि खानेपानी वितरण सहज हुने बताउनुभयो । श्रेष्ठले ६ वटा पम्प मर्मतका लागि पठाइएको र एउटा पम्प मर्मत गर्न १५ दिन लाग्ने भएकाले समस्या उत्पन्न भएको जानकारी दिनुभयो । पम्प मर्मतका लागि बुटवल टेक्निकल ईन्स्टिच्युटसंग पनि छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले तत्कालका लागि गुल्मीमा निर्माण हुँदै गरेको परियोजनासंग  पम्प सापटी लिएर भएपनी समस्या समाधान गर्न लागिपरेको बताउनुभयो ।
अध्यक्ष श्रेष्ठ तानसेनवासीलाई केहि समय पानी किफायत गरेर प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले समिती समस्या समाधान गर्न लागिपरेका र छिट्टै समस्या समाधान हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय