latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा जिल्ला सदरमुकाम तानसेनलाई विशिष्ट योगदान गर्ने ३५ जनालाई व्यक्तिहरुलाई पुरस्कृत तथा सम्मानित गरिएकाे छ । तानसेन नगर प्रज्ञा प्रतिष्ठानले तानसेन र पाल्पाको विकासमा योगदान गरेका उनीहरुलाई नगद, सम्मानपत्र र पाल्पाली ढाकाले सम्मान गरेको हो ।

साहित्यकार अजम्बरध्वज खाती, कलाकार तथा चित्रकार एवं साहित्यकार अशोकमान सिं, कृष उद्यमी केशव कार्की, ढाका उद्यमी हरिकृष्ण कार्की र गंगाराम नेपाल, शिक्षा तथा स्वास्थ्यसेवी गोपाल बहादुर पोखरेल, शिक्षा तथा समाजसेवी झमानसिं दर्लामी, शिक्षा तथा पर्यटनउद्यमी टुकबहादुर अर्घाली थापालाई नगद, सम्मानपत्र, पाल्पाली ढाकाले सम्मान गरिएको छ ।

यसैगरी शिक्षाविद् तथा समाजसेवी देवप्रसाद बज्राचार्य, द्धारिकाप्रसाद शर्मा, बुद्धीप्रसाद शर्मा, राधाकृष्ण शर्मा, प्रा. डा. सावित्री कक्षपति, सुशीला श्रेष्ठलाई सम्मान तथा पुरस्कार दिइएको छ । त्यस्तै, साहित्यकार वनमाली निराकार, विजय सागर, राजेन्द्र गोपाल सिंह, डा. नारायणप्रसाद शर्मा गैरे, मन गहिरे, रजिउल्लाह खाँ स्वास्थ्यसेवी विश्वमान बज्राचार्य, डा. रचेल कारख, लोकमान शाक्य, पर्यटन उद्यमी सावित्रा भुसाल, धनिश्वर बस्याललाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

अभिनेता तथा चलचित्रकर्मी नायक धीरेन शाक्य, संगीतकर्मी तथा संस्कृतिविद् महेश देउराली, मदन देउराली, भरत देउराली पत्रकार मेघराज शर्मा, गायक कलाकर्मी मीना नेपाली (गैरे), धातुकला उद्यमी मंगलप्रसाद बज्राचार्य, प्रदीपकुमार बज्राचार्यलाई तानसेन नगरप्रमुख तथा नगर प्रज्ञा प्रतिष्ठानका कुलपति सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा गाहा सिंजाली, नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति चोलेश्वर शर्माले नगद १० हजार, सम्मानपत्र, तक्मा, पाल्पाली ढाकाको दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

तानसेनको शिक्षा, पाल्पाली ढाका, करुवा लगायतका क्षेत्रबाट देश तथा विदेशमा ख्याती कमाउन सफल व्यक्तित्वलाईसमेत सम्मान गरिएको छ । यसैगरी पाल्पाली ढाकाकी संस्थापक ८७ वर्षीय पूर्णमाया महर्जनलाई ६८ हजार नगदसहित सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणासमेत गरिएको छ ।
तानसेन नगरप्रमुख तथा नगर प्रज्ञा प्रतिष्ठानका कुलपति सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा गाहा सिंजाली, नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति चोलेश्वर शर्माले नगद १० हजार, सम्मानपत्र, तक्मा, पाल्पाली ढाकाको दोसल्ला ओढाएर सम्मान गरेका हुन् । कार्यक्रम तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षाका सिङजालीको धन्यवाद ज्ञापनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय