latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

अडिटर एशाेसियसन अफ नेपाल (AUDAN) पाल्पाकाे अध्यक्षमा राधेश्याम ज्ञवाली निर्वाचित भएका छन् । तानसेनमा सम्पन्न चाैथाे जिल्ला अधिवेशनबाट १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएकाे हाे ।

समितिकाे उपाध्यक्षमा लक्ष्मण प्रसाद काेइराला, सचिवमा हिरालाल अाचार्य, सहसचिवमा हुम बहादुर केसी, काेषाध्यक्षमा यज्ञ प्रसाद श्रेष्ठ तथा सदस्यहरूमा गाेपाल थापा, बिक्रम भट्टराइ, शंकर खनाल र गाेपाल प्रसाद अाचार्य निर्वाचित भएका हुन् । केन्द्रीय प्रतिनिधिहरूमा लिलाधर अर्याल र दिवाकर अर्याल चयन हुँदा प्रदेश प्रतिनिधिमा बिक्रम भट्टराइ र यदूनाथ नेपाल चयन भए । समितिकाे सल्लाहकारहरूमा साेम प्रसाद शर्मा, कृष्ण प्रसाद पाैडेल र कृष्ण प्रसाद अधिकारी रहेका छन् ।

दर्तावाल लेखापरीक्षकहरूकाे साझा संगठन अडानले पाल्पा जिल्लामा लेखा सम्बन्धी कामकाे नियमन तथा अनुगमन गर्नुका साथै व्यवसायीहरूकाे हकहितमा कार्य गर्ने अध्यक्ष ज्ञवालीले बताए । पाल्पामा करिब २५ लेखा परीक्षण व्यवसायीहरू रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय