
अडिटर एशाेसियसन अफ नेपाल (AUDAN) पाल्पाकाे अध्यक्षमा राधेश्याम ज्ञवाली निर्वाचित भएका छन् । तानसेनमा सम्पन्न चाैथाे जिल्ला अधिवेशनबाट १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएकाे हाे ।
समितिकाे उपाध्यक्षमा लक्ष्मण प्रसाद काेइराला, सचिवमा हिरालाल अाचार्य, सहसचिवमा हुम बहादुर केसी, काेषाध्यक्षमा यज्ञ प्रसाद श्रेष्ठ तथा सदस्यहरूमा गाेपाल थापा, बिक्रम भट्टराइ, शंकर खनाल र गाेपाल प्रसाद अाचार्य निर्वाचित भएका हुन् । केन्द्रीय प्रतिनिधिहरूमा लिलाधर अर्याल र दिवाकर अर्याल चयन हुँदा प्रदेश प्रतिनिधिमा बिक्रम भट्टराइ र यदूनाथ नेपाल चयन भए । समितिकाे सल्लाहकारहरूमा साेम प्रसाद शर्मा, कृष्ण प्रसाद पाैडेल र कृष्ण प्रसाद अधिकारी रहेका छन् ।



दर्तावाल लेखापरीक्षकहरूकाे साझा संगठन अडानले पाल्पा जिल्लामा लेखा सम्बन्धी कामकाे नियमन तथा अनुगमन गर्नुका साथै व्यवसायीहरूकाे हकहितमा कार्य गर्ने अध्यक्ष ज्ञवालीले बताए । पाल्पामा करिब २५ लेखा परीक्षण व्यवसायीहरू रहेका छन् ।