latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, ३ चैत

कालीगण्डकी नदीमा दुई जनाको शब फेला परेको छ । हिजो मात्र बगनासकाली गाउँपालिका- ६ स्थित कालीगण्डकी नदिमा  दुई जनाको शब फेला परेको हो ।

बगनासकाली गाउँपालिका-६ दर्पुक स्थित  कालीगण्डकी कोरिडोरको अस्थायी क्याम्पमा बसि डोजर अपरेटरको काम गर्दै आएका सिन्धुली जिल्ला गोलाचौर गाउँपालिका ६ का २६ बर्षिय भोजराज अस्लामी फागुन २७ गतेदेखि हराइरहेको हुँदा खोजी गर्ने क्रममा हिजो बगनासकाली गाउँपालिका-६ माइचौर स्थित कालीगण्डकी नदिमा शब फेला परेको हो । उनको शबलाई पोस्टमार्टम गर्न टिचिङ अस्पताल काठमाडौ पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै फागुन २९ गते बगनासकाली गाउँपालिका-६ माइचैर स्थित कालीगण्डकी नदिमा नुहाउन गएका दाङ जिल्ला तुलसीपुर उपमहानगर पालिका -३ घर भइ कालीगण्डकी कोरिडोर सडक योजनामा लेबर काम गर्ने अन्दाजी ४५ बर्षिय तेज बहादुर रास्कोटी डुबेर बेपत्ता भएकोमा खोजी गर्ने क्रममा हिजो नै करिब २ सय मिटर तल कालीगण्डकी नदिमा शब फेला परेको हो । रास्कोटीको शब पोस्टमार्टम गर्न पाल्पा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुबै घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पा सूचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय