
पाल्पा, ३ चैत
कालीगण्डकी नदीमा दुई जनाको शब फेला परेको छ । हिजो मात्र बगनासकाली गाउँपालिका- ६ स्थित कालीगण्डकी नदिमा दुई जनाको शब फेला परेको हो ।



बगनासकाली गाउँपालिका-६ दर्पुक स्थित कालीगण्डकी कोरिडोरको अस्थायी क्याम्पमा बसि डोजर अपरेटरको काम गर्दै आएका सिन्धुली जिल्ला गोलाचौर गाउँपालिका ६ का २६ बर्षिय भोजराज अस्लामी फागुन २७ गतेदेखि हराइरहेको हुँदा खोजी गर्ने क्रममा हिजो बगनासकाली गाउँपालिका-६ माइचौर स्थित कालीगण्डकी नदिमा शब फेला परेको हो । उनको शबलाई पोस्टमार्टम गर्न टिचिङ अस्पताल काठमाडौ पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै फागुन २९ गते बगनासकाली गाउँपालिका-६ माइचैर स्थित कालीगण्डकी नदिमा नुहाउन गएका दाङ जिल्ला तुलसीपुर उपमहानगर पालिका -३ घर भइ कालीगण्डकी कोरिडोर सडक योजनामा लेबर काम गर्ने अन्दाजी ४५ बर्षिय तेज बहादुर रास्कोटी डुबेर बेपत्ता भएकोमा खोजी गर्ने क्रममा हिजो नै करिब २ सय मिटर तल कालीगण्डकी नदिमा शब फेला परेको हो । रास्कोटीको शब पोस्टमार्टम गर्न पाल्पा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुबै घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पा सूचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो ।