latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शनिबार , साउन २, २०८३
पाल्पा, अन्तराष्ट्रिय महिला दिवसको अवसरमा रामपुर नगरपालिकाले श्रमिक महिलाहरुलाई स्वास्थ्य परामर्श तथा कानुनी शिक्षा प्रदान गरेको छ । ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा निर्माण क्षेत्रमा कार्यरत तथा अन्य पेशा र व्यवसायमा सक्रिय श्रमिक महिलाहरुलाई शनिबार परामर्श तथा कानुनी सचेतना प्रदान गरेको हो ।
कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले व्यवस्था परिवर्तन भए पनि अवस्था कस्तो छ भन्ने विषयमा जानकारी लिनका लागि यस पटक श्रमिक महिलाहरुको उपस्थितिमा कार्यक्रम गरिएको बताउनुभयो । उहाँले न्यायिक समितिमा ज्याला नपाएको गुनासोहरु कहिले काँही आउने गरेको र समस्याको समाधान गर्दै आएको बताउनुभयो । रामपुर नगरपालिकाले पूर्वी पाल्पा मजदुर व्यवस्थापन समिति संग सहकार्य गरेर गत वर्ष मजदुरहरुको विमा गरिएको जानकारी गराउँदै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
रामपुर नगरपालिकाका नगर प्रवक्ता  कपिल बहादुर खाँणले श्रमिक महिलाहरुलाई पेशा प्रति सम्मान गर्दै आफू कार्यरत क्षेत्रमा थप दक्षता हासिल गर्दै अघि  आग्रह गर्नुभयो । महिलाहरुलाई राज्यले अधिकार सम्पन्न गरेपनि कतिपय अवस्थामा कानुनी जटिलताले कार्यान्वायनमा समस्या भएको बताउनुभयो ।  उहाँले रामपुर क्षेत्रमा कार्यरत श्रमिकहरु जुन सुकै स्थानको भए पनि देखिएका समस्या समाधानका लागि प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीले श्रम शोषण हुन पनि नदिने र सहेर पनि नबस्ने प्रतिवद्धताका साथ अघि बढ्न आग्रह गर्नुभयो । अधिकारका लागि एक भएर लाग्न अनुरोध गर्दै गर्नुभएको थियो । उहाँले महिलाहरुमा हुने हिंसा र कानुनी व्यवस्थाको बारेमा प्रशिक्षण समेत दिनु भएको थियो । रामपुर नगरपालिकाका नर्सिङ्ग अधिकृत पुनम धितालले प्रजनन् स्वास्थ्यको बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख पुजा परियारले महिलाहरुको लागि राज्यले गरेको व्यवस्था संगै हिंसाको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिका उपाध्यक्ष सुमन खाम्चा महिला दिवसको अवसरमा शुभकामना मन्तव्य राख्दै श्रमिकहरुको लागि कार्यक्रम आयोजना गरेकोमा आभार व्यक्त गर्नुभयो । कार्यक्रममा पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिमा आवद्ध महिला श्रमिकहरुको उपस्थिति रहेको थियो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रम उप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको थिय‍ो । कार्यपालिका सदस्य दुर्गा देवी भण्डारी गौतमको स्वागत बाट सुरु भएको कार्यक्रमक‍ो सञ्चालन पार्वती परियारले गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय