latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा फागुन २३

रिब्दिकोट गाउँपालिका-५ कुसुमखोलामा रहेको भवानी माध्यमिक बिद्यालयको ६८ औं बार्षिक उत्सब तथा अभिभावक दिबस सम्पन्न भएको छ ।

शुक्रवार एक कार्यक्रमका बीच बिधालयले आफ्नो स्थापना दिबस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि रिब्दिकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले भौतिक रुपमा सम्पन्न बिधालयले आगामी दिनमा आवासीय सुबिधा सहितको सेवा बिस्तार गर्नुपर्ने बताउनुभयो । अध्यक्ष कार्कीले बिधालयलाई पालिकाको तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै कमी नहुने बिश्वास दिलाउनुभयो ।

समारोह गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत श्री मणिप्रसाद खनालको बिशिस्ट आतिथ्यता, वडा न. ५ का वडा अध्यक्ष श्री मन बहादुर अस्लामी लगायत पाहुनाहरुको उपस्थित थियो ।
वार्षिकोत्सब तथा अभिभावक दिवस समारोहको अवसरमा भवानी मा.वि. एस.एल.सि. (SLC) २०५० को समुहबाट विद्यालयमा निर्माण गर्न लागिएको सरस्वती मन्दिरको प्रमुख अतिथि एवं रिब्दीकोट गाउँपालिका अध्यक्ष श्री नारायण बहादुर कार्की ज्यूले शिलान्यास गर्नुभएको छ।

बार्षिक उत्सबको अबसरमा १३ लाख बराबरको अक्षयकोषको पुरस्कार वितरण गरिएको थियो । भवानी अल्मुनाइ एसोसिएसन काठमाडौं र वार्ड कार्यालयको तर्फबाट उत्कृष्ट बिद्यार्थी र शिक्षकलाई सम्मान गरिएको थियो ।

बिद्यालयलाई लामो समयसम्म अध्यापन गराएर बिदा हुनुभएका चार जना पुर्ब शिक्षकहरुलाई सम्मान तथा बिदाइ गरिएको थियो
बिद्यालयका प्रधानाध्यापक रुद्रप्रसाद आचार्यले करिब १ करोड ८४ लाख बराबरको बार्षिक आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षता बिधालयका सहायक प्रधानाध्यापक सन्जय आचार्यको स्वागत र शिक्षक रमेश छहरीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय