latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा,१९ फागुन

पाल्पाको बगनासकाली–२, पोखराथोकमा आफ्नै बुवा र दिदि मिलेर भाइको हत्या गरेका छ्न । पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमालको बुवा र दिदीको कुटाईबाट मृत्यु भएको छ ।

गत फागुन १५ गते घरायासी विषयमा झगडा हुँदा कुटपिटबाट यज्ञ कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । यज्ञको मृत्यु भएपछि सोधपुछ गर्दा आफ्नै घरपरिवारको कुटाइबाट मृत्यु भएको खुल्न आएको हो । आज प्रहरीले ६३ वर्षका मृतकका बावु शेरबहादुर र ४५ वर्षकी दिदी देवी कुमाललाई पक्राउ  गरेको छ ।

बावु र दिदीको कुटाइबाट यज्ञ बेहोस भएका थिए । बेहोस् यज्ञलाइ उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा ल्याइएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय