पाल्पा,१९ फागुन

पाल्पाको बगनासकाली–२, पोखराथोकमा आफ्नै बुवा र दिदि मिलेर भाइको हत्या गरेका छ्न । पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमालको बुवा र दिदीको कुटाईबाट मृत्यु भएको छ ।

गत फागुन १५ गते घरायासी विषयमा झगडा हुँदा कुटपिटबाट यज्ञ कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । यज्ञको मृत्यु भएपछि सोधपुछ गर्दा आफ्नै घरपरिवारको कुटाइबाट मृत्यु भएको खुल्न आएको हो । आज प्रहरीले ६३ वर्षका मृतकका बावु शेरबहादुर र ४५ वर्षकी दिदी देवी कुमाललाई पक्राउ  गरेको छ ।

बावु र दिदीको कुटाइबाट यज्ञ बेहोस भएका थिए । बेहोस् यज्ञलाइ उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा ल्याइएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय