
नेकपा एमाले पाल्पाको जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम हुने भएको छ। फागुन १६ गते नगरपालिकाको सभाहलमा हुने कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रशिक्षण दिनु कार्यक्रम रहेको एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तिमगरले बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय नेतादेखि वडा कमिटीका अध्यक्षहरूको सहभागिता रहने छ । एमालेबाट निर्वाचित जनप्रतिनिधि, जनसंगठनका केन्द्र र प्रदेश र जिल्ला कमिटी पदाधिकारीहरू सहभागी हुन पाउने उहाँले बताउनुभयो । अध्यक्ष घर्तिमगरका अनुसार पार्टी नेतृत्व र जनप्रतिनिधि बीच यही फागुन १७ गते तानसेनमा अन्र्तक्रिया गरिने भएको छ ।



बैठकले वडा केन्द्रीत तीन महिने अभियान प्रभावकारी ढंगबाट सम्पन्न गर्ने निर्णय गरेको छ । अभियानका क्रममा २०८२ को पार्टी सदस्यता नवीकरण चैत १५ गतेसम्म सम्पन्न गर्नुपर्नेछ तोकिएको समयमा पालिका कमिटी मार्फत जिल्ला कार्यालयमा नवीकरणको विवरण बुझाउनुपर्ने छ । पार्टी सदस्यता विस्तार अभियानको रुपमा सञ्चालन गर्ने, पालिका कमिटी बैैठक तथा भेला गरी अभियानको व्यवस्थापन र योजना बनाइने छ । यस्तै वडा कमिटीहरुको बैठक आयोजना गरी अभियान केन्द्रित योजना बनाई कार्यान्वयन गर्ने, टोल कमिटी निर्माण गरी बैठक नियमित गर्ने, वडा स्तरीय पार्टी प्रशिक्षण संचालन गर्ने, युवाहरूलाई कम्तीमा एक तिहाई समेट्ने र युवाहरुको विवरण संकलन गर्ने कार्यक्रम रहेको एमाले पाल्पाका सचिव रामजी पोखरेलले जानकारी दिनुभयो ।
यसैगरी मिथ्या र भ्रामक प्रचारको खण्डन र सकारात्मक प्रचारको कामलाई अभियानका रुपमा सञ्चालन गर्ने, विकास निर्माण, सुशासन र उद्यमशीलतामा पार्टी पङ्क्तिलाई जोड्ने, पार्टीलाई अधारभूत तहसम्म विस्तार गर्ने, प्रत्येक वडा तहसम्म जनसंगठन निर्माण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
वडा केन्द्रित अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न एमाले पोलिटब्यूरो सदस्य तथा पाल्पा इन्चार्ज ठाकुर गैरेले बताउनुभयो । निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजनाको अंगका रूपमा तीन महिने अभियान थालिएको उहाँले बताउनुभयो । वडा केन्द्रित अभियानमा जिम्मेवारी पाउनुभएका तथा नपाउनुभएका सबै कमरेडहरु आ–आफ्नो क्षेत्र र पालिका कमिटीसँग समन्वय गर्दै निर्माण गरेको योजनालाई कार्यान्वयन गर्ने काममा खट्नुहुन समेत अनुरोध गरिन्छ उहाँले भन्नुभयो ।
अभियान सफल पार्नका लागि सबै नेता तथा कार्यकर्ता जिम्मेवार भएर काम गर्नुपर्ने लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले बताउनुभयो । आगामी निर्वाचनमा सबै क्षेत्र, स्थानीय तह र वडामा एमालेको जीत हुने गरी अभियानलाई प्रभावकारी बनाउन उहाँले निर्देशन दिनुभयो ।
बैठकले कृष्ण बहादुर जिसी, टेक बहादुर विक, रेखिराम राना, नरभुपाल विक (मिलन), सन्तोष बस्याल, सूर्य रतनलाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ । लक्ष्मी खनाल, नवीन थापा, सोती, खेम बहादुर सारू, नरभुपाल विक (मिलन), कृष्ण बहादुर जिसी, कुविजा अर्याललाई सचिवालयको जिम्मेवारीमा मनोनित गरेको प्रचार विभाग प्रमुख समेत रहेका एमाले पाल्पाका उपसचिव दीपक विश्वकर्माले बताउनुभयो ।
आगामी चैत ५ गते हुने स्ववियु निर्वाचन अनेरास्ववियुका उम्मेदवारलाई विजयी गराउने गरी तयारी थाल्ने निर्णय गरिएको छ । आवश्यक तयारीका लागि ओम बहादुर घर्ति मगरको संयोजकत्वमा तुल बहादुर अधिकारी, जीवन आचार्य, राजेश कुमार अर्याल, गुँरास आत्रेय, विष्णु रेग्मी, लील बहादुर गाहा, प्रेम बगाले, शेषकान्त पोखरेल, नवीन आचार्य, रविन्द्र पंगेनी, राम बहादुर पाटा, हिरामणी पराजुली सदस्य रहेको कार्यदल गठन गरिएको छ । यसैगरी जनसंगठनको भेला तथा बैठक चैत महिनाको पहिलो सातासम्म सम्पन्न गरिने छ ।
बैठकले वित्त तथा कोष ब्यबस्थापन बिभाग गठन गरेको छ । जसको प्रमुख बिमल प्रसाद काफ्लेलाई तोकिएको छ । सदस्यहरूमा दीपक विश्वकर्मा, मिना जिसी, यम बहादुर चिदी, प्रेम श्रेष्ठ, हरि प्रसाद पाठक, गोपाल आचार्य, बिष्णु ढकाल, हुम बहादुर केसी रहेका छन ।
भोजराज पोखरेल (रामजी) प्रमुख रहेको संगठन विभाग गठन गरिएको छ । सचिवमा दीपक विश्वकर्मा र सदस्यमा पालिका कमिटिका अध्यक्षहरू रहेका छन ।
दीपक विश्वकर्मालाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । उपप्रमुखमा नरभुपाल विक (मिलन) र सचिवमा रेखिराम राना रहेका छन । सदस्यहरूमा बन्दना पोखरेल, कमलराज तिमिल्सिना, राम प्रसाद न्यौपाने, राजेन्द्र लिगल, कृष्ण कार्की किरण कौशल, यज्ञमुर्ति तिमिल्सिना, नारायण न्यौपाने रहेका छन ।
स्कुल विभाग प्रमुखको जिम्मेवारी ओम बहादुर घर्ती मगरलाई तोकिएको छ। खेम बहादुर सारू, सुशीला श्रेष्ठ, राम प्रसाद ढकाल, जीबन आचार्य सदस्य रहेका छन ।
स्थानिय विकास बिभाग गठन गरिएको छ । प्रमुखमा बिष्णु भण्डारी, उपप्रमुखमा सरस्वती चिदी र सचिवमा राजेश कुमार अर्याल रहेका छन । सदस्यमा गोविन्द रायमाझी, दान बहादुर कुँवर, तुल बहादुर आले, भुवन सिंह चिदी, दामोदर पाठक, चेत बहादुर सुनारी, गण बहादुर बुढाथोकी, मोतिलाल बस्याल रहेका छन ।
बैठकमा केन्द्रीय अनुशासन आयोग सदस्य झपेन्द्र बहादुर जिसी, केन्द्रीय सल्लाहकारहरु धनेन्द्रराज घिमिरे, मेघराज शर्मा, परशुराम भट्टराई, एमाले पाल्पाका पूर्व जिल्ला अध्यक्ष तथा पाल्पा क्षेत्र नम्बर १ का सांसद नारायण प्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।