पाल्पा, फागुन ११

ब्रम्हाकुमारी ईश्वरीय बिश्वबिधालयले महाशिबरात्रीको अबसरमा सप्ताहब्यापी कार्यक्रम गरेको छ । ८९ औं महाशिबरात्रीको अबसरमा बिश्वबिधालयले पाल्पा र गुल्मीको विभिन्न स्थानमा स्ट्ल शिबिर, झाकी र्याली, झण्डोतलन गर्ने लगायतका कार्यक्रम गर्ने बिश्वबिधालयले आइतबार पत्रकार सम्मेलन गरि जनाएको छ ।
शिबरात्रीमा समाजमा बिकृती उत्पन्न भएकाले त्यसलाई योग र ध्यानमा केन्द्रित भइ शिबरात्री मनाउन बिश्वबिद्यालयले आग्रह गरेको छ। शिवरात्री भगवान शिबको जन्मेको दिन भएकाले उहाँले मानव समुदायका नराम्रा पक्ष आफुले लिने र राम्रा कुरा लिएर मानव समुदाय जिउँन सकुन भन्ने भाब यो पर्व मनाउनु पर्ने बिश्वबिद्यालयका भानु पौडेलले बताउनुभयो । शिबरात्रीको दिन बिकृतीलाई निरुत्साहित गर्न कार्यक्रम गर्ने उहाँले बतानुभयो ।

साता ब्यापी कार्यक्रम अन्तर्गत दमकाडा, पोखराथोक, कैलासनगर, रिडी, लगायतका ठाउँमा दैनिक रूपमा प्रबचन, झण्डोतलन लगायतका कार्यक्रम भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय