पाल्पा, फागुन ११

तानसेन ३ मा रहेको पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ स्कूलले रजत महोत्सब मनाएको छ । शनिबार बिद्यालयले स्थापनाको २५ औं वार्षिक उत्सव तथा रजत जयन्ती महोत्सब मनाएको हो । २०५३ सालमा स्थापना भएको स्कूलले एक भब्य समारोहका बीच रजत जयन्ती मनाएको छ।
कार्यक्रमकम प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले निजी तवरबाट सञ्चालन भएको स्कूलले जिल्लाको शैक्षिक क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले २५ वर्षे लामो यात्रा तय गर्नु स्कूलका लागि चुनौतिको विषय भए पनि आफुलाई सफल शैक्षिक संस्थाको रुपमा स्थापित गराउन सक्नु नै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । स्वास्थ्य मन्त्री सारुले अबको आवश्यकता व्यवसायिक र प्राविधिक भएकाले त्यसतर्फ ध्यान दिन स्कूललाई आग्रह गर्नुभयो । उहाँले विद्यालय शिक्षालाई स्वास्थ्यमैत्री बनाउँदै गुणस्तरीय शिक्षालाई प्राथमिकता दिन प्रदेश सरकारले आगामी बर्षदेखी प्रदेशभरीका विद्यालयहरुमा घुमन्ते नर्स अभियान सञ्चालनको तयारीमा रहेको बताउनुभयो

८७ जना विद्यार्थीहरु राखेर पठनपाठन सुरु गरेको विद्यालयमा हाल ३ सय ८ जना विद्यार्थीहरु अध्ययनरत छन् । शैक्षिक व्यक्तित्व अनिल कुमार रनपालको नेतृत्वमा स्थापना भएको स्कूल तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद बस्यालको घरमा कार्यालय सञ्चालन गरी उहाँकै खाली जग्गामा पाँच कोठे टहरा निर्माण गरी कक्षा सञ्चालन गरिएको थियो । २०६१ सम्म विभिन्न व्यक्तिहरुको घर भाँडामा लिई सञ्चालन हुँदै आएको स्कूल देशमा आएको राजनीतिक उत्तराचढावसँगै विचलनको अवस्थामा पुगेको थियो ।

२०६६ मा केही व्यक्तिहरुको सक्रियतामा पाल्पा प्यारागन इङ्गलिस स्कूलको नामबाट नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याइयो । स्कूूललाई नयाँ व्यवस्थापनका साथ सञ्चालन गर्न चन्द्रबहादुर नेपाली, रामबहादुर बयम्बु, दिपक गुभाजु, ताराबहादुर कुवर, वर्तमान अध्यक्ष जगदीश प्रसाद भट्टराई हालका प्रिन्सिपल गंगाबहादुर खत्री लगायतका व्यक्तित्वहरुको महत्वपूर्ण योगदान रहेको छ । विभिन्न कालखण्डमा आरोह, अवरोहहरुको सामना गर्दै आएको प्यारागनले २५ वर्षको यात्रामा आफुलाई पश्चिम क्षेत्रकै प्रतिष्ठित र उत्कृष्ट शैक्षिक संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ । त्यसबेला धेरैले विश्वास नगरेको विषय थियो पाल्पामा निजी स्कूल भोलि राष्ट्रियस्तरमा प्रतिष्ठित र उत्कृष्ट शिक्षा दिने प्यारागन स्कूलको रूपमा खडा हुनेछ तर धेरैको आकलनलाई गलत सावित गर्दै प्यारागनले आफ्नो २५ वर्षे यात्रा सम्झ्दै शनिबार २५ औं बार्षिक उत्सव, अभिभावक तथा रजत जयन्ती मनाएको हो । स्कूलले रजत जयन्ती मनाएसँगै ‘स्वर्णतिरको यात्रा’ तय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय