
पाल्पा, ७ फागुन
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले नेतृत्व गरेका सरकार उत्कृष्ट रहेको बताउनुभएको छ । आज पाल्पाको पूर्बखोला गाउँपालिकामा आयोजित प्रथम लोकतान्त्रिक महोत्सबलाई सम्बोधन गर्दै महामन्त्री थापाले बिपि कोइरालाले प्राप्त गरेको १८ महिनाको सरकार सफल रहेको बताउदै नेपालकै इतिहासमा सबैभन्दा सफल सरकार २०४८ सालमा गिरिजा प्रसादले नेतृत्व गरेको तीन बर्षको सरकार भएको बताउनुभएको हो । उहाँले गिरिजाप्रसादको तीन बर्षे सरकारले देशको आर्थिक रुपान्तरणको जग हालेको बताउनुभयो ।
“हामीले मिसन ०८४ भन्छौं । तर आगानी निर्वाचन आगाडी नै हामीले रिपोर्टकार्ड लिएर यो यो काम गर्यौ भनेर जनतामा जानुपर्छ ।” उहाँले भन्नुभयो ।



पूर्ब स्वास्थ्यमन्त्री समेत रहनुभएका थापाले कांग्रेस तीन बर्षको समय सरकारमा रहने यथेष्ट समय रहेको बताउदै त्यस अवधीमा सबै काम सरकारले नगर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रलाई सरकारले सहयोग गरेर सेवाको क्षेत्रमा सरकारले निशुल्क गर्दै जानुपर्ने बताउनुभएको हो । “जल्ले पनि भारतको सडकको चर्चा गर्छ । भारतको त्यो सबै सडक सरकारले बनाएको होईन । त्यसैले सबै काम सरकारले गर्ने मात्र होईन” उहाँले भन्नुभयो ।
“पाल्पामा ढाका टोपी बढी उत्पादन भयो भनेर सरकारले ढाका टोपी उद्योग खोल्न थाल्यो भने त्यो उद्योग चल्दैन ।” महामन्त्री थापाले भन्नुभयो । सरकाले यस्ता निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
अहिले नेपाली केटाकेटीलाई देशमै टिकाउन र देशका कोही नबस्ने वातावरणलाई चिर्दै लैजानुपर्ने र त्यसका लागि चिन्तन गर्नुपर्ने बेला आएको बताउनुभयो । महामन्त्री थापाले अब कांग्रेसको गरिबी हटाउने र आय बढाउने चिन्ता रहेको धारणा राख्नुभयो ।