latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, फागुन

तानसेनको बर्तुङ्गमा रहेको जनप्रिय माध्यमिक बिद्यालयको बार्षिक उत्सब सम्पन्न भएको छ । सोमबार एक समारोहका बीच बिद्यालयले आफ्नो ६५ औं बार्षिक उत्सब सम्पन्न गरेको हो ।

बार्षिक उत्सब तथा अभिभावक दिवस समारोहका प्रमुख अतिथि तानसेन नगरपालिकका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बिद्यालयको भौतिक प्रगती लोभलाग्दो रहेको बताउनुभयो । उहाँले उत्कृष्ट भौतिक संरचना भएको बिद्यालय भएकाले बिपतका घटनाहरुबाट सजक सहन बिपत ब्यबस्थापन न्युनिकरण केन्द्र स्थापना गर्न लागेको बताउनुभयो । बिपत ब्यबस्थापन न्युनिकरण ईकाइमा राम्रो भौतिक संरचना भएको बिद्यालय पर्ने भएकाले यस बिद्यालयमा त्यो कार्यक्रम राख्न सकिने बताउनुभयो । नगर प्रमुख श्रेष्ठले यस कार्यक्रमले बिद्यार्थीहरुलाई बिपतको बेला अपनाउनुपर्ने कुरा,साबधानी,पूर्बतयारी र प्राथमिक उपचारको बिषयमा समेत जान्ने मौका मिल्ने बताउनुभयो । उहाँले बिद्यालयले स्कुल बस किन्ने सोचाई राखेको भए बस खरिद गर्न नगरपालिकाबाट ५० प्रतिशत सहयोग हुने बताउनुभयो ।
प्रमुख श्रेष्ठले बिद्यालयमा दीर्घसेवा गर्ने शिक्षक, एसईई परिक्षामा राम्रो नतिजा ल्याउन सफल बिद्यार्थी तथा मेहनत गरि उत्कृष्ट नतिजा दिने शिक्षकलाई बधाई दिदै बिद्यालयको प्रगतीको कामना गर्नुभयो ।

कार्यक्रमका बिशिष्टि अतिथि तानसेन नगरपालिका वार्ड न ६ का वार्ड अध्यक्ष सागरमान महर्जनले बिद्यालय भौतिक रुपमा सुबिधा सम्पन्न भएकाले अध्ययनसंगै अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले बिद्यालयले आगामी दिनमा नमुना बिद्यालय हुनका लागि जोडिनु पर्ने उल्लेख गर्नुभयो । बार्षिक उत्सबको अवसरमा तानसेन नगरपालिका वार्ड नम्बर ६ ले बिद्यालयलाई खेलकुदका सामाग्री समेत हस्तान्तरण गरेको ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक हिरा आचार्यले १ करोड १९ लाख ७९ हजार २५७ रुपैया बराबरको बिद्यालयको बार्षिक आयब्यय प्रस्तुत गर्नुभएको थियो ।  कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दयाराम पाण्डेको अध्यक्षता र शिक्षक दिपक पौडेल क्षेत्रीको संचालनमा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय