
रम्भा गाउँपालिका ३, पिपलडाँडामा शिव महापुराण नवाह महायज्ञ हुने भएकाे छ । फागुन ७ गतेदेखी १५ गतेसम्म महायज्ञ हुन लागेकाे हाे ।
पिपलेश्वर महादेश मन्दिर परिसरमा हुन लागेकाे महायज्ञमा पण्डित कृष्ण प्रसाद बस्यालबाट कथा प्रवचन हुने अायाेजकले जानकारी दिएका छन् । बिहान ६ बजेदेखी ८ बजेसम्म पुजाअाजा, ९ बजेदेखी १ बजेसम्म पाठपारायण, दिउँसाे ४ बजेसम्म संगीतमय कथा प्रवचन र सन्ध्याकालिन अारती हुने मूल अायाेजक समितिका हेमराज अर्यालले जानकारी दिए ।



महाशिवरात्रीमा शिवध्वनी, भजन कीर्तन, लक्ष्यवर्ती र जाग्रामकाे कार्यक्रम समेत रहेकाे छ ।