latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शनिबार , साउन २, २०८३

पाल्पा, सामुदायिक कुकुरको व्यवस्थापन र रेविजको जोखिम न्यूनिकरणका लागि स्थायी बन्ध्याकरण शिविर रामपुरमा सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजना, वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा सिद्धार्थ नगर रुपन्देही र मानव पशु तथा बाली संरक्षणका लागि युवा भरतपुर चितवनको प्राविधिक सहयोगमा तीन शिविर सम्पन्न भएको हो ।

बुधबार देखि शुक्रबार सम्म भएको शिविरमा रामपुर नगर भित्रका विभिन्न टोलहरुमा रहेका सामुदायिक कुकुर नियन्त्रणमा लिई एक सय १२ वटा कुकुरको स्थायी बन्ध्याकरण गरिएको नगरपालिकाले जनाएको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सामुदायिक कुकुरको संख्या बढ्दै जाँदा बाटोमा हिड्ने मानिसलाई मात्र नभै पशु चौपाया पनि आक्रमण गरेर त्रसित बनाउने र रेविज लगाएतका घातक रोग सार्न सक्ने जोखिम बढ्दै गएपछि तीन वर्ष देखि स्थायी बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको बताउनुभयो । नगरपालिकाले बजेट विनियोजन गरी शिविर सञ्चालन गर्दै आएको बताउनुभयो । शिविरमा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले सामुदायिक कुकुरको कल्याण र मानव स्वास्थ्यका लागि शिविर सञ्चालन गरिएको बताउनुभयो । संख्या धेरै हुँदा आहारको कमी आउने भएकाले व्यवस्थापन संगै संरक्षणका लागि स्थायी बन्ध्याकरण र रेविज विरुद्धको भ्याक्सिन शिविर सञ्चालन गरिएको उपप्रमुख थापाले बताउनुभयो । बन्ध्याकरण शिविरले कुकुरको संख्या नियन्त्रण र कुकुरकै कारण हुने अन्य दुर्घटनामा समेत कमि आएको उहाँले बताउनुभयो ।

सामुदायिक कुकुरका कारण रेविज रोगको जोखिम बढेकाले कुकुरको व्यवस्थापन तथा संख्या न्यूनिकरणका लागि बन्ध्याकरण गरिएको रामपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक दुर्गा देवि भण्डारी गौतमले बताउनुभयो । कुकुरको संख्या बढ्दै जाँदा आहारको अभावमा थप आक्रामक हुने, मानव स्वास्थ्य र मान्छेमा सर्ने रेविज रोग नियन्त्रण र न्यूनिकरणका लागि एक मात्र विकल्प स्थायी बन्धयाकरण भएको पशुचिकित्सक डा। अविनास क्षेत्रीले बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका सहसचिव दुर्गेश मल्लले बन्ध्याकरण गरेका कुकुरले मानिसलाई हानी नपुर्‍याउने भन्दै रेविज जस्तो प्राणघातक रोग बाट बचाउन यो कार्यक्रम उत्कृष्ट रहेको बताउनुभयो । शिविर मार्फत विभिन्न क्षेत्रमा रहेका सामुदायिक कुकुर संकलन गरी स्थायी बन्ध्याकरण गर्दै आएको कार्यक्रम संयोजक इन्दु पन्थीले बताउनुभयो । रामपुर नगरपालिकाले यस आर्थिक वर्ष सामुदायिक कुकुर व्यवस्थापनका लागि तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

शिविर मार्फत नगरको विभिन्न टोलमा रहेका एक सय १२ वटा कुकुरको स्थायी बन्ध्याकरण गरी रेविज विरुद्धको भ्याक्सिन दिईएको रामपुर नगरपालिकाका पशु शाखा प्रमुख तुलसीराम काफ्लेले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले हाल सम्म विभिन्न शिविर मार्फत तीन सय नौ वटा सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिसकेको जानकारी दिनुभयो । सामुदायिक कुकुरलाई शिविर मार्फत बन्ध्याकरण गरी रेविज विरुद्धको भ्याक्सिन दिएर नियन्त्रणमा लिइएको स्थानमै छाडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय