latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शनिबार , साउन २, २०८३
गोपालप्रसाद वश्याल
पाल्पाको तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयमा विद्यार्थीहरूको सहभागितामा खाना महोत्सव आज सम्पन्न भएको छ ।
खाना महोत्सवको उद्घाटन सत्रमा बोल्दै विद्यालयका प्रधानाध्यापक दिपक ज्ञवालीले विद्यालयले हरेक वर्ष गर्दै आएका विद्यार्थीका विविध प्रतिभा प्रष्फुटन कार्यक्रमअन्तर्गत विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि खाना महोत्सव आयोजना गरिएको बताउनु भयो ।
विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूले विभिन्न खाना परिकार बनाएर बिक्रि गरेका छन् । विद्यार्थीहरूले मोःमो, सेलरोटी, ससेज, बटुक, ललिपप, पकौडा, पानी पुरी, चटपटे, समोसा, कफी आदि एक दर्जनभन्दा बढी परिकारहरू आफै बनाएर बिक्रि गरेका थिए । कक्षा ६ देखि १२ सम्मका जम्मा ९ वटा स्टलमा खाना परिकार राखिएका थिए । विद्यालयमा गठन गरिएको जागृति बाल क्लबको सक्रियतामा भएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न रमाइला गीत तथा नृत्य प्रस्तुत गरेर मनोरञ्जनसमेत गराएका थिए ।
खाना महोत्सवमा शिक्षक, विद्यार्थीहरू, अभिभावक र स्थानीय समुदायको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन सत्र क्लबका अध्यक्ष रोजिना गाहाको अध्यक्षता, उपाध्यक्ष सामना वश्यालको स्वागत र सचिव विपासा रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय