
नेकपा (माओवादी केन्द्र) तानसेन नगर समितिको अध्यक्षमा प्रतिक्षा गाहा सिँजाली निर्वाचित भएकी छिन् । शनिबार तानसेनमा सम्पन्न तेस्रो अधिवेशनबाट सिंजालीको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।



नवगठित नगर समितिको उपाध्यक्षमा युवराज पन्त, अमर राना र मञ्जु बिकनिर्वाचित भएका छन् । यस्तै सचिवमा नवराज बस्याल सहसचिव, नेत्र गौतम र कोषाध्यक्ष बासुदेव अर्याल चयन भएका हुन् ।