latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शनिबार , साउन २, २०८३

गोपाल प्रसाद वश्याल

तानसेन माघ २६

पाल्पाको तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयले २०८२ भाद्र १६ पर्ने ७५ औं वार्षिकोत्सव हिरक महोत्सवका रुपमा मनाउने सन्दर्भमा आज प्रारम्भिक भेला सम्पन्न गरेको छ । विद्यालयका संस्थापक, पूर्व ब्यवस्थापन समिति पदाधिकारी, पूर्व शिक्षक एवम् पूर्व विद्यार्थीहरु, अभिभावक, शुभचिन्तक र विद्यार्थीहरुको सहभागिता रहेको यस कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपक ज्ञवालीले हिरक महोत्सव सफल पार्नका लागि ििवभिन्न ब्यक्ति सम्मिलित एक हजार एक सय ११ सदस्यीय मूल आयोजक समिति निर्माण गर्ने, शैक्षिक सज्ञ २०८२ मा शैक्षिक गोष्ठी, प्राज्ञिक एवम् खेलकूँद प्रतियोगिताहरु आयोजना गर्ने, विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि ठोस कार्य गर्ने दृष्टिकोण अगाडि सार्नुभयो ।

कार्यक्रममा बोल्दै संबिधान सभा सदस्य नारायणी घिमिरेले प्राविधिक धारको शिक्षाबाट उत्कृष्ट दिएको मोहनकन्याले स्थानीय एवम् राष्टियस्तरका कार्यक्रम गरी हिरक महोत्सव गर्ने सुझाव दिनुभयो । यसैगरी तानसेन नगरपालिकाका पूर्व मेयर अशोक कुमार शाहीले छोरीहरुको सशब्mिकरण र सकारात्मक विकासका लागि विद्यालयले भूमिका खेल्नुपर्ने बताउनुभयो । पूर्व विद्यालय ब्यवस्थापन समिति सदस्य ओम बहादुर घर्ती, दिपक ढुंगानाले सबैको प्रयाशबाट हिरक महोत्सव सफल हुने बताउनु भयो ।

त्यसैगरी विद्यालयका पूर्व प्रधानाध्यापक देव प्रसाद बज्राचार्यले महोत्सवका लागि आर्थिक संकलन, पूर्बज तथा संस्थापकहरुको योगदानको चर्चा, विभिन्न प्राज्ञिक एवम् खेलकूँदका कार्यक्रम गर्न सुझाव दिनुभयो । अर्का पूर्व प्रधानाध्यापक केशलक्ष्मी श्रेष्ठ र पूर्व सहायक प्रधानाध्यापक द्वारिका प्रसाद शर्माले विद्यालयले विभिन्न उतारचढाव ब्यहोर्दै देशकै उत्कृष्ट विद्यालय बन्नमा हिरक महोत्सवले सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा वडा नं. ४ का वडासदस्य सीता बस्नेत, पूर्व विब्यस सदस्य बसन्त गहतराज, पत्रकार भरत शर्मा, पूव विद्यार्थी सौन्दर्यवती शाक्य, चन्दादाता शकुन्तला बज्राचार्यले हिरक महोत्सव सफल बनाउन सहयोग गर्ने बताउनुभयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिधान श्रेष्ठको अध्यक्षतामा चलेको कार्यक्रममा शिक्षक चोलप्रसाद ज्ञवालीले स्वागत, शिक्षक गोपाल प्रसाद वश्यालले धन्यवाद ज्ञापन र सहायक प्रधानाध्यापक रीना श्रेष्ठले स१चालन रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय