latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

भोजराज भट्टराई

पाल्पा २६, माघ

पाल्पाको तानसेन–३, स्थित अन्नपूर्ण होटलमा आजदेखि स्पा सञ्चालनमा आएको छ । स्पाको उद्घाटन सभामा बोल्दै तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले जिल्ला थपिएको नयाँ आयामले पर्यटन विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पर्यटन र कृषिमा गरिने लगानी दीर्घकालिन हुने भन्दै जिल्लाको आर्थिक चलायमानमा समेत पर्यटन र स्वास्थ्यसँग जोडिएको व्यवसायले सहयोग पुग्ने बताउनुभयो । ‘पर्यटन र कृषि क्षेत्र टिकाउ छन् यसमा लगानी गर्दै जाँदा दीर्घकालिन उपयोगिता रहन्छ ।’ श्रेष्ठले भन्नुभयो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्याल पाल्पाका प्रमुख सन्तोष कुमार पौडेल, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिना, उद्योग वाणिज्य संघ पाल्पाका महासचिव समिरमान श्रेष्ठ लगायतले स्पा पर्यटन क्षेत्रकै पूर्वाधार भएकाले यसप्रति आम समुदायको धारणा परिवर्तन आवश्यक हुने औंल्याउनुभयो । व्यवसायी लक्ष्मण बस्यालले २० लाख बढीको लगानीमा उक्त स्पा सञ्चालनमा ल्याउनुभएको हो । उहाँले गुणस्तरीय सेवासहित सञ्चालनमा रहेको होटल अन्नपूर्णले पाल्पामै पहिलोपटक स्पा समेत सञ्चालनमा रहेकोले यसको प्रचार प्रसार र प्रयोगसहित सहयोग गर्न आग्रह गर्नुभयो । नेपालमा पहिलोपल्ट सन् १९९७ मा पोखराको फूलबारी रिसोर्टले पहिलोपल्ट स्पा भित्र्याएको थियो । यसलाई नेपालमा पानीबाट गरिने उपचार भनिन्छ ।

पाल्पामा पहिल्लो पल्ट सञ्चालनमा ल्याइएको स्पामा १७ वर्ष होटल हायात एजेन्सी र दुई वर्षबढी होटल सोल्टीमा स्पा व्यवसायमा आवद्ध अनुभवी कन्सलल्टेन्ट अशोक कुमार राईले सहजीकरण गर्नुभएको छ । उहाँले स्पा पानीबाट गरिने थेरापी रहेको र यसले शरीर, मन, विचार र आत्मसम्मानमा पूर्ण आन्द दिने बताउनुभयो । यसले शरीरमा सकरात्मक उर्जा उत्पन्न गर्न र तनाव कम गर्न मद्दत गर्ने उहाँको भनाई छ । उहाँले शरीरको सुरक्षा गर्न मसाज नै उपयुक्त भएको बताउनुभयो । कार्यक्रम सञ्चालनमा कुटुम्ब एफ.एम.का स्टेशन प्रबन्धक नारायण न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय