पाल्पा, माघ २३

पाल्पामा टिपर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । माथागढी गाउँपालिका–५ रहवासदेखि चुनढुङ्खा लिएर खैरेनीतर्फ जाँदै गरेको लु २ ख ५९६५ नम्बरको टिपर आज दिउँसो दुर्घटना भएको हो । रहबार खैरेनी भित्री सडकमा चुनढुङ्खा लिएर खैरेनी तर्फ जाँदै गरेको टिपर दुर्घटनामा परि टिपर चालक देवदह नगरपालिका– २ का ३१ बर्षीय सुनिल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

टिपर सडकदेखि २ सय मिटर तल खसेको छ । मृतक गुरुङको शब पोष्टमार्टम गर्न पाल्पा अस्पताल ल्याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय