पाल्पा, माघ २३

पाल्पाको बगनासकाली–२, पोखराथोकमा एक पुरूष मृत फेला परेका छन् । जिल्लाको रामपुर–३, चनौली भएका तर हाल बगनासकाली पोखराथोकमा बस्दै आउनुभएका अन्दाजी ५६ वर्षका रेमबहादुर सुर्यबंशी खरबारीमा मृत फेला पर्नुभएको हो ।

हिजो बेलुकी साढे ४ बजेतिर पोखराथोकको गोरेटोभन्दा २० मिटर तलको खरबारीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । मृतक सुर्यबंशीको शव पोष्टमार्टमका लागि पाल्पा अस्पताल ल्याईएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय