latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

प्रेस चौतारी नेपाल पाल्पा शाखाको जिल्ला अधिवेशनबाट अध्यक्षमा कृष्ण कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् ।  चौतारीको तानसेनमा भइकाे नवौं जिल्ला अधिवेशनबाट कार्कीकाे अध्यक्षतामा १३ नयाँ कार्यसमिति गठन भएको हाे ।

जसको उपाध्यक्षहरुमा शोभाकान्त पाठक, रिमा सोमै, सचिवमा दयाराज न्यौपाने सह–सचिवमा भुवन रायमाझी, कोषाध्यक्षमा नेत्र गैरे चयन भएका छन् । यस्तै  सदस्यहरुमा खेमराज पाण्डे, जनकराज भट्टराई, सुवास विसी, गुणवती केसी, प्रेम वाकाबल, खुमबहादुर पौडेल, सुमित्रा कंडेल रहेका छन् ।

अधिवेशनले प्रदेश र केन्द्रीय प्रतिनिधि समेत चयन गरेको छ । प्रदेश प्रतिनिधिमा गीता ज्ञवाली, नवराज ज्ञवाली र केन्द्रीय प्रतिनिधिमा बन्दना पोखरेल, सन्तोष बस्याल, टिकाराम बस्याल रहेका छन् । अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय