पाल्पा, माघ २१

नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ पाल्पाले बसन्त पन्चमीको अवसरमा रामपुर र तानसेनका बिद्यालयमा स्टेशनरी सामाग्री बितरण गरेको छ । महासंघले तानसेनको छेर्लुङ्ग स्थित बोटे गाउँमा रहेका राघाकृष्ण प्राथमिक बिद्यालय र रामपुर नगरपालिका भलायटारमा रहेको श्रीकृष्णादेबी माबि स्टेशनरी सामाग्री बितरण गरेको हो ।

तानसेनको छेर्लुङ्ग स्थित बोटे गाउँमा रहेका राघाकृष्ण प्राथमिक बिद्यालयका ४७ जना बिद्यार्थीलाई कपी, पेन्सिल, इलेजर, सापनर लगायतका सामाग्री बितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ पाल्पाका अध्यक्ष रामप्रसाद पन्थी सामाजिक उत्तरदायित्ब बहन गर्दै आफुहरु नाफालाई मात्र नहेरी गरिब, तथा पिछडीएको क्षेत्र रोजि बोटेबस्तीमा आएर सानो भएपनि सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले बिगतमा अन्य बिद्यालयमा पनि महासंघले यस्तै सहयोग गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ पाल्पाका निवर्तमान अध्यक्ष किशोर भट्टराईले कार्यक्रमको बारेमा प्रकाश पार्दै आज नेपालभरि नै पुस्तक तथा स्टेशनरी ब्यबसाय गर्ने ब्यबसायीहरुले केहिन केहि सामाजिक कार्यक्रम गरेको बताउनुभयो । उहाँले पहिलेदेखी नै यस ठाँउमा आएर सहयोग गर्ने चाहना भएपनि अहिले पूरा  भएकोमा पाल्पाका सम्पूर्ण स्टेशनरी ब्यबसायीहरु खुसी भएको बताउनुभयो । निबर्तमान अध्यक्ष भट्टराईले आगामी दिनमा पनि यस बिद्यालय र यहाँका बोटे समुदायहरुलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

बिद्यालयको तर्फबाट बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रेवन्तबहादुर पाण्डेले पिछडीएको क्षेत्रमा आएर यहाँका बिद्यार्थीहरुलाई स्टेशनरी सामाग्री सहयोग गर्नुभएकोमा महासंघलाई धन्यबाद ज्ञापन गर्नुभयो । कार्यक्रम बिद्यालयकी प्रअ सबित्रादेबी भट्टराईको स्वागत, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रेवन्तबहादुर पाण्डेको अध्यक्षता र बिद्यालयकी शिक्षक सीता भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

त्यस्तै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासघंले जिल्लाको रामपुर नगरपालिका भलायटारमा रहेको श्रीकृष्णादेबी माबिका कक्षा नर्सरीका बिद्यार्थीहरुलाई १२ सेट स्टेशनरी सामाग्री हस्तान्त्रण गरिएको छ । रामपुरमा भएको कार्यक्रमको सहजिकरण जिल्ला उपाध्यक्ष युवराज पन्तले गर्नुभएको थियो ।
रामपुर र छेर्लुङ्गमा भएको कार्यक्रममा करिब २५ हजार बराबरको स्टेशनरी सामाग्री बितरण गरिएको महासंघ पाल्पाकी कोषाध्यक्ष ज्योती कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय