latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

साहित्यिक पत्रकार, अग्रज साहित्यकार,  जनमत राष्ट्रिय मासिकका प्रधानसम्पादक  मोहन दुवाललाई पाल्पा साहित्य समाजले सहिद दिवसको अवसरमा पाल्पाको तानसेनमा सम्मान गरेको छ  । सम्मानित भइसकेपछि सम्बोधनको क्रममा प्रमुख अतिथि दुवालले भन्नुभयो ,” फलको आशा नगरी कर्म गर्नुपर्दछ । विना अपेक्षा प्राप्ति भएको सम्मानले आनन्द र हौसला दिन्छ ।

पाल्पाको साहित्यलाई पाल्पा साहित्य समाजले उचाईमा पुर्याउनु भएको छ  । “समाजद्वारा आयोजित साहित्यिक कार्यक्रमका प्रमुख अतिथिको रूपमा उपस्थित हुनु भएका दुवाललाई पासासका अध्यक्ष पुष्कर अथक रेग्मी र संरक्षक राजेन्द्र गोपाल सिंहद्वारा सम्मान गरिएको हो । साहित्यकार मोहन दुवालले वि.सं.२०१८ देखि साहित्य सेवा , २०२७ सालदेखि पत्रकारिता र २०२९ सालदेखि सामाजिक सेवामा आफूलाई समर्पित गराउदै आएका थिए । उल्लेखित क्षेत्रमा गरिएको योगदानको कदर स्वरूप पासासले दुवाललाई सम्मान गरेको हो । पाल्पा साहित्य समाजले समय सापेक्ष रूपमा विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्दै आइरहेको छ ।

समाजका सल्लाहकार चित्रवलीराम सुवालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा तानसेन गुठीका अध्यक्ष शकुन्तला बज्राचार्य , साहित्यकार सीताराम घिमिरे , पत्रकार /साहित्यकार धातानन्द शर्मा , पोखराथोक साहित्य संगमका पूर्व अध्यक्ष हरि भट्टराई , पासासका संरक्षक राजेन्द्र गोपाल सिंहर विशिष्ट अतिथि पत्रकार सेनानी मेघराज शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । पुष्कर अथक रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रम  सचिव सविता भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय