latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, १७ माघ

माओबादी केन्द्रका उपमहासचिब तथा पूर्ब अर्थमन्त्री बर्षमान पुनले कालिगण्डकी ड्राईभर्सन हुने बताएका छन् । बिहिबार तानसेनमा नेपाल प्रेस सेन्टर पाल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले योजना कालिगण्डकी नदीको तल्लोटटिय क्षेत्रलाई असर नपुग्ने गरि हुनुपर्ने धारणा राखेका हुन ।

उनले ठूला घोटला छोप्न शेरा दरबारकाण्ड ल्याईएको बताएका छन् । पूर्बमन्त्री पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सिआइबी प्रमुखलाई बोलाएर प्रचण्डको बिषयमा अनुसन्धान गर्न लगाएको भरमा यो काण्ड बाहिर आएको आरोप लगाए । उनले राज्यले प्रतिशोध साधेर ठूला अन्य काण्ड लुकाउन र बिषयान्तर गर्न यो काण्ड ल्याइएको बताए । उनले बिपक्षी दललाई फसाएर सरकारले स्वार्थ समुहको हितमा काम गरेको आरोप लगाए ।

उपमहासचिब पुनले सरकारले नैतिक रुपले संसद फेस गर्न नसकेर संसद छलेर अध्यादेश ल्याएको बताए । “हामीले संसदमा जोडदार रुपमा कुरा उठाउछौ । सरकारलाई जवाफदेही बनाउदै । सरकारलाई स्वच्छेचारी रुपबाट चल्न दिदैनौं ।” उनले भने ।

पूर्बअर्थ मन्त्री समेत रहेका पुनले माओबादी सरकारमा हुदाँ सकारात्मक देखिएको अन्तराष्ट्रिय सम्बन्ध र आर्थिक बिकास यो सरकारले बिगादै लगेको बताए । उनले नेपाल ग्रे लिस्टमा पर्नलाग्नु दुखद भएको बताउदै सरकारले सम्पत्ति शुद्धीकरण मामिलामा कमजोरी देखाएको आरोप लगाए । उनले तत्काल नेपाललाई ग्रे लिस्टबाट हटाउन त्यसका सूचकहरुमा ध्यान दिनुपर्ने बताए ।

फरक प्रशंगमा बोल्दै उपमहासचिब पुनले मौषमी हिसाबले पाल्पा असाध्यै उत्कृष्ठ स्थान रहेकोले यहाँको बिकास पर्यटनको क्षेत्रबार्ट हुने बताउनुभयो । उनले बिगतमा पश्चिम नेपालकै हब रहेको पाल्पा अहिले त्यो शाख गुमाउनु दुखद रहेको धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय