latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, माघ १५

पागुन २ गते भ्यालेन्टाइन डेको अवसर परी तानसेनको मखनटोलमा सडक खाना महोत्सव आयोजना हुने भएको छ । मखनटोल टोल विकास संस्थाको आयोजनामा तानसेनको मखनटोलमा सडक खाना महोत्सव हुन लागेको मंगलबार पत्रकार सम्मेलन गरि जानकारी दिइयो ।

टोल बिकास संस्थाकी अध्यक्ष ज्ञानु कार्कीले स्थानीय कला, संस्कृति संरक्षण, खानपान, संरक्षण गर्ने उद्देश्यले खाना महोत्सव गर्न लागेको जानकारी दिनुभयो । अध्यक्ष कार्कीले विभिन्न जातजातीद्धारा बनाइएका खानाका परिकारहरू, महिलाद्धारा उत्पादीत बस्तु, तरकारी फलफल आदीको को स्टल रहने बताउनुभयो । उहाँले महोत्सवका लागि वडाले २ लाख रुपैंया बजेट विनियोजन गरेको बताउनुभयो । महोत्सवमा ६० वटा स्टलहरु सहभागी भई १५ लाखको कारोबार हुने अनुमान रहेको बताउनुभयो ।

कार्यक्रमा वडा नं। ४ का वडाध्यक्ष हेमन्तराज शाक्यले खाना यो सडक महोत्सव भब्य हुने बताउदै लाईटि, स्टल स्टेज बिशेषगरि राम्रो बनाउने योजना रहेको बताउनुभयो । महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्नुका साथै नगरपालिकाको पर्यटन क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । भ्यालेन्टाइन डे को दिन रानीमहल पुगेका जोडिलाई तानसेनमा अड्याउने योजना रहेको वर्डा अध्यक्ष शाक्यले बताउनुभयो ।
पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनाले पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको महोत्सवलाई सफल बनाउन मिडिया क्षेत्रको सहयोग रहने बताउनुभयो ।

महोत्सवमा विभिन्न जातजातिको पहिचान झल्कने भेषभुषा, गायन र नृत्यहरू, स्थानीय लाखे नाच, स्थानीय धिमे बाजा, भजन र कला केन्द्रहरुको प्रस्तुती तथा स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय