
पाल्पा, माघ १०
प्रधानमन्त्री केपी शर्मा ओली सहित उप प्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंह भोली पाल्पा आउनुहुने भएको छ । प्रधानमन्त्री ओली सहितको टोली विहान १० बजे हेलिकप्टर मार्फत काठमाण्डौबाट बगनासकाली गाउँपालिकाको नव निर्मित प्रशासकीय भवन उद्धघाटन गर्न आउने कार्यक्रम रहेको उप प्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहको सचिवालयले जनाएको छ ।



साथै भोली नै तिनाउँ गाउँपालिको प्रशासनीक भवनको पनि उद्घाटन गर्ने तालिका सार्वजनिक भएको छ ।
भोली नै प्रधानमन्त्री सहितको टोलीको सहभागीतामा सिद्धबाबा सुरुङ्गमार्ग ब्रेक थ्रु हुने छ ।