latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, पुस २४

नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ पाल्पाको साधारण सभा सम्पन्न भएको छ । बुधबार तानसेनमा एक कार्यक्रमकाबीच महासंघको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघका केन्द्रिय सदस्य रामकृष्ण चापागाईले नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ देशका अन्य संघसंस्था सरह सांगठनीक रुपमा अब्बल रहेको बताउनुभयो । उहाँले पुस्तक ब्यबसायी महासंघले अब गुणस्तरिय उत्पादन र मर्यादित ब्यापार गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो । प्रमुख अतिथी केन्द्रिय सदस्य चापागाईले महासंघ पाल्पाले सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक काम गरेकोमा धन्यबाद दिदै संस्थालाई बलियो बनाउन खुत्रुके बचत अभियान चलाएर संस्थालाई समृद्ध बनाउन आग्रह गर्नुभयो । उहाँले जिल्लाका समस्या समाधान गर्न केन्द्रिय समिति सचेत रहेको धारणा राख्नुभयो ।

कार्यक्रमका बिशिष्ठ नेपाल पत्रकार महासंघका अध्यक्ष तथा पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघका सल्लाहकार कमलराज तिमिल्सेनाले पुस्तक ब्यबसायी र पत्रकार एक आपसमा सम्बन्धित रहेको बताउनुभयो । उहाँले दुई संस्थाबीचको सहकार्यले दुबै पक्षलाई ब्यबसायीक क्षेत्रमा सहयोग पुगने बताउनुभयो । अध्यक्ष तिमिल्सेनाले पत्रकार महासंघ पाल्पा पुस्तक ब्यबसायी महासंघसंग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।
नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ पाल्पाका निर्वतमान अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य किशोर भट्टराईले केन्द्र र प्रदेशका कार्यक्रम पाल्पामा गरेर पाल्पाको पर्यटन बिकासमा टेवा पुर्याउनुपर्ने धारणा राख्नुभयो । उहाँले जिल्लाको घट्दो ब्यापार र ब्यापारी पलायन हुने अबस्था आएको भन्दै तीनै तहका सरकारले त्यसमा ध्यान पुर्याउन जरुरी रहेको बताउनुभयो । उहाँले संस्थालाई चलायमान बनाएर संस्थाको पहिचान बढाउने काम गर्न सबैलाई आग्रह गर्नुभयो ।

साधारण सभाको अवसरमा नेपाल पत्रकार महासंघ पाल्पाको अध्यक्षमा निर्वचित महासंघका सल्लाहकार कमलराज तिमिल्सेना, नेपाल पत्रकार महासंघ पाल्पाको केन्द्रिय परिषद सदस्यमा निर्वचित महासंघका सल्लाहकार राजेन्द्र लिगल, नेपाल पत्रकार महासंघ पाल्पाको कार्यसमिति सदस्यमा मनोनीत महासंघका सचिब बिष्णु खनाललाई सम्मान गरिएको थियो ।

साधारण सभामा सचिब बिष्णु खनालले संस्थाको सांगठनिक प्रतिबेदन पेश गर्नुभएको थियो । त्यस्तै संस्थाकी कोषाध्यक्ष ज्योती कार्कीले कोषाध्यक्षको प्रतिबेदन पेश गर्नुभयो ।
कार्यक्रम नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ पाल्पाका अध्यक्ष रामप्रसाद पन्थीको अध्यक्षता, सल्लाहकार तारा बहादुर सुनारीको स्वागत र सचिब बिष्णु खनालको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय