तानसेन नगरपालिकाका पाल्पाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले आफ्नो तलब भत्ताबाट विपन्न परिवार तथा विभिन्न विद्यालयलाई सहयोग गरेका छन् । पछिल्लाे समयकाे तलब नगरप्रमुख श्रेष्ठले श्री राधाकृष्ण प्राथमिक विद्यालय बौघागुम्हा १ छेर्लुङ ठुलापोखराका ४४ जना विद्यार्थीलाई न्यानो कपडा र विपन्नमध्ये २ परिवारलाई खाद्यान्न वितरण गरेका हुन् ।

नगर प्रमुख श्रेष्ठले अहिलेसम्म १३ लाख ६८ हजार बढी सामाजीक सेवामा प्रदान गरेकाे बताए । राज्यले दिने सेवा सुविधा सामाजिक सेवामा लगाउने घोषणा गरे अनुसार श्रेष्ठले तलब भत्ताको रकमले सहयोग प्रदान गर्दैआएको बताए । नगरप्रमुख श्रेष्ठले भने ‘राजनीति जनताका लागि गर्ने हो, पैसा कमाउनका लागि होइन’ भन्ने उदाहरण देखाउँदै आफ्नो सवै तलब भत्ता जनतालाई बाँड्न थालेको  छु । आर्थिक अवस्था विपन्न भएका परिवारलाई सहयोग गर्ने उद्देश्यले आफूले लिएको बताउँदै श्रेष्ठले आफ्नो तलब रकम सवै जनताकै करको रकम भएकाले जनतालाई नै सहयोग गर्ने बताए ।

‘सामाजिक कार्यबाट नै राजनैतिक भविश्य उज्वल हुने भएकाले ‘पैसा कमाउन राजनीति गर्न नपर्ने श्रेष्ठको भनाइ छ । नगर क्षेत्रमा रहेका विपन्न, गरिब र असहायलाई पहिलो प्राथमिकतामा राखेर सहयोग प्रदान कार्यमा सहभागी भएको बताए । विद्यालय ब्यवस्थापन समितिका रेवन्तबहादुर पाण्डे, तानसेन नगरपालिका प्रवक्ता यादवसिंह कार्की, तानसेन नगरपालिका वडा १३ का अध्यक्ष टुकप्रसाद भट्टराई, सदस्य गीता भट्टराइले यस्ता कार्यक्रममा सहभागी भएर जनताको दुःखमा मल्हम लगाउन पाउँदा खुशी लाग्ने बताउदै कम अवसर पाएका विपन्न परिवारको साथमा सरकार सधै साथमा रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय