गोपालप्रसाद वश्याल,
तानसेन, पौष २३
पाल्पाको तानसेनस्गित भि एस् निकेतन विद्यालयले शिक्षकहरूका लागि दुई दिने विद्यार्थी मूल्यांकन तालिम सञ्चालन गरेको छ ।
विद्यालयका जम्मा २४ जना शिक्षकहरू सहभागी यस तालिममा प्रशिक्षक गोपाल प्रसाद वश्यालले एकिकृत पाठ्यक्रमअनुसारको शतप्रतिशत आन्तरिक मूल्यांकन र अभिलेखीकरण, पोर्टफोलियो ब्यवस्थापन, सक्षमतामा आधारित कक्षा ४— १० को पाठ्यक्रमअनुसार मूल्यांकन पद्धति, साधनहरू र अभिलेखीकरण तथा स्तरांकन प्रदान गर्ने तरिकाहरूको प्रयोगात्मक अभ्यास गराएका थिए । तालिममा पाठ्यक्रमले तोकेका परियोजना कार्य सञ्चालन र प्रतिवेदन तयारीसम्बन्धी अभिमुखीकरणसमेत गरिएको थियो ।
तालिम कार्यक्रममा विद्यालयका प्रिन्सिपल भरत न्यौपाने र सहप्रिीन्सपल मञ्जु ज्ञवालीले तालिमबाट विद्यार्थी मूल्यांकनका तरिका र साधनहरूको जानकारी प्राप्त भएको र यसबाट कक्षाशिक्षण तथा विद्यार्थी मूल्यांकन अभिलेखीकरणमा ठूलो सहयोग पुगेको बताए ।