latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

 प्रेस सेन्टर नेपाल, पाल्पा शाखाको अध्यक्षमा कृष्ण दर्नाल चयन भएका छन् ।

छैठौं अधिवेशनबाट उपाध्यक्षमा डोलराज विक र महिला उपाध्यक्षमा संगीता आचार्य, सचिवमा कमल अधिकारी, सहसचिवमा सुजन भुषाल र रीतु कामु, कोषाध्यक्षमा गंगा सुयाल मगर निर्वाचित भएका छ ।

त्यसैगरी सदस्यमा विष्णु कोइराला, शिव पोखरेल, ऋषिराम अर्याल, भोजबहादुर चिदी, माधवराज पन्त,  प्रेमा राना, सुनिता खाम्चा, रोहिन सेन्चुरी, सुमना नेपाली र रेजिना सोमै निर्वाचित भएका छन् ।

अधिवेशन समारोहमा बोल्दै नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज नेत्र पाण्डेयले समाज रुपान्तरणका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । उनले मुलुकमा मौलाएको भ्रष्ट्राचार र बेथितीका विरुद्धमा सशक्त भएर कलम चलाउनका लागि सेन्टरका पत्रकारहरु अघि बढ्नका आग्रह गरे ।

प्रेस सेन्टर नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विश्वकर्माले पत्रकारिताको माध्यमबाट समाज सुधार गर्दै प्रेस सेन्टर अघि बढेको बताए । उनले हालै सम्पन्न भएको पत्रकार महासंघको निर्वाचनमा दुई ठूला संगठन मिल्दा पनि सेन्टरले १६ जिल्ला, बागमती प्रदेश र केन्द्रीय पदाधिकारीमा निर्वाचित हुनुले सेन्टरको महत्व बढेको बताए । उनले नवनिर्वाचित समितिलाई पत्रकारिको मुल मर्मअनुसार सफलतापूर्वक काम गर्नका लागि आग्रह गरे ।

कार्यक्रममा सेन्टरका पाल्पा इन्चार्ज जीवलाल सुवेदी, अनेम संघ क्रान्तिकारीका पाल्पा अध्यक्ष रितु श्रेष्ठलगायतले निर्वाचित नयाँ कमिटीलाई जनताको पक्षमा कलम चलाउन आग्रह गरे ।

अधिवेशनको अवसरमा सेन्टरका सदस्यहरुलाई डिजिटल पत्रकारिताको विषयमा पुनर्ताजगी तालिम समेत प्रदान गरिएको सेन्टरका जिल्ला इन्चार्ज जीवलाल सुवेदीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय