त्यसैगरी सदस्यमा विष्णु कोइराला, शिव पोखरेल, ऋषिराम अर्याल, भोजबहादुर चिदी, माधवराज पन्त, प्रेमा राना, सुनिता खाम्चा, रोहिन सेन्चुरी, सुमना नेपाली र रेजिना सोमै निर्वाचित भएका छन् ।
प्रेस सेन्टर नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विश्वकर्माले पत्रकारिताको माध्यमबाट समाज सुधार गर्दै प्रेस सेन्टर अघि बढेको बताए । उनले हालै सम्पन्न भएको पत्रकार महासंघको निर्वाचनमा दुई ठूला संगठन मिल्दा पनि सेन्टरले १६ जिल्ला, बागमती प्रदेश र केन्द्रीय पदाधिकारीमा निर्वाचित हुनुले सेन्टरको महत्व बढेको बताए । उनले नवनिर्वाचित समितिलाई पत्रकारिको मुल मर्मअनुसार सफलतापूर्वक काम गर्नका लागि आग्रह गरे ।
कार्यक्रममा सेन्टरका पाल्पा इन्चार्ज जीवलाल सुवेदी, अनेम संघ क्रान्तिकारीका पाल्पा अध्यक्ष रितु श्रेष्ठलगायतले निर्वाचित नयाँ कमिटीलाई जनताको पक्षमा कलम चलाउन आग्रह गरे ।
अधिवेशनको अवसरमा सेन्टरका सदस्यहरुलाई डिजिटल पत्रकारिताको विषयमा पुनर्ताजगी तालिम समेत प्रदान गरिएको सेन्टरका जिल्ला इन्चार्ज जीवलाल सुवेदीले बताए ।