latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शनिबार , साउन २, २०८३

पाल्पामा लागु औषध सहित एक युवा पक्राउ परेका छन् । बगनासकाली गाउँपालिका ५ राम्दी स्थित कालिगण्डकी नदी किनारमा एक जना मानिस झोला बोकी शंकास्पद अवस्थामा हिडँडुल गरिरहेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी राम्दीबाट उल्लेखित स्थानमा प्रहरी टोली खटि जाँदा उक्त व्यक्ति पक्राउ परेकाे हाे ।

प्रहरीका अनुसार कालिगण्डकी नदी किनारमा Safari लेखेको निलो रङको पछाडी बोक्ने झोला भिरी पदैल हिडिरहेको अवस्थामा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोक बस्ने बर्ष २८ को चोक बहादुर श्रेष्ठलाई  फेला पारी पारेकाे हाे ।

निजले पछाडी बोकेको झोला रितपूर्वक खानतलासी गर्दा उक्त झोला भित्र पत्रिकाले बेरी २(दुई) वटा पोको बनाई प्लाष्टिकको टेपले बेरी बाधी राखेको अवस्थामा NOOPHINE लेखेको ४६ एम्पुल, DAIZEPAM लेखेको ४६ एम्पुल, PHENERGAN लेखेको ४६ एम्पुल गरी जम्मा १३८ एम्पुल लागु औषध फेला परेकोले निज चोक बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई लागु औषध सहित जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याई सम्मानित पाल्पा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय