latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

तानसेन नगरपालिकालाइ महिलामैत्री सहर बनाउन साप्ताहिक मेला सुरू गरिएको छ। तानसेनका महिलाहरूलाइ अात्मनिर्भर बनाउन साप्ताहिक मेला सुरू गरिएकाे हाे ।

तानसेन नगरपालिकाको सहयोगमा बजार क्षेत्रलाई चहलपहल बढाउन, दरबार क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन, मखनटोल टोल विकास संस्थाले साप्ताहिक मेला सञ्चालन गरेको हो। महिलाहरूलाई बाहिरी परिवेशमा घुलमिल बनाउन, उनीहरूको सिप र जागरलाई व्यावसायिक बनाउन, आय आर्जनमा क्रियाशील बनाउन, दुई चार हजार आफै कमाउने, आफैं खर्च गर्न सक्ने बनाउने, महिलाहरूलाई आर्थिक कारोबार गर्न गराउन अभ्यास गराउन, महिलालाई उद्यमी बनाउने अभियानका साथ पाल्पा दरबारको बाहिरी क्षेत्रमा साप्ताहिक मेला सञ्चालन भएको छ।

पाल्पा दरबार संग्रहालयको बाहिरी परिसर क्षेत्रमा रहेका  ५२ वटा व्यापारिक सडक तानसेन नगरपालिकाले डोजर लगाई हटाएपछि विगत दुई वर्षदेखि  मखनटोल सुनसान बनेको थियो। साप्ताहिक मेलामा महिलाहरूले उत्पादन गरेका हेन्डिक्राफ्ट, विभिन्न सरसामानहरू, ढाकाका कपडाहरू बिक्रीमा राखिएका थिए। महिलाहरूले बनाएका विभिन्न आचार, रोटीका परिकार, विभिन्न चिजबिजका सिन्की, तितौरा, जाम, जुस, जेली लगायतका सरसामानहरू उपभोक्ताले मन पराएका छन्।

मेलामा  महिलाहरूले अर्गानिक कोदो, फापर, गहुँ लगायतका परिकार, स्थानीय चलनचल्तीका परिकारहरू, घरमै बसेर निर्माण गरेको ससाना उद्योगबाट उत्पादित सरसमान झिनियाँ रोटी, अचार, तितौरा, सिन्की, गुन्द्रक, धुपबत्ती, टपरी, ढाका, मसला, बेसार लगायतका सरसामानहरू बिक्री गरी आम्दानी गरेका छन्।

मखनटोल टोल विकास संस्थाका अगुवाइमा तानसेनका सबै टोल विकास संस्थामा आबद्ध भएका महिलाहरूले प्रत्येक हप्ताको शुक्रबार मेलामा सहभागी भई उत्पादित सरसामान बिक्री गर्न पाउने व्यवस्था नगरपालिकाले मिलाएको छ।

मेलामा स्टल राख्न र प्रवेश शुल्क निःशुल्क गरिएको छ। उक्त मेलामा पुरुषले भने स्थल राखेर बिक्री गर्न भने पाइँदैन। मखनटोल क्षेत्रलाई महिलामैत्री नमुना सहर बनाउने अभियानमा लागेको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए। सञ्चालित मेलामा २४ वटा स्टल रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय