latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

क्यान्सर पिडीत बिमितलाई नेशनल लाईफ इन्सुरेन्स कम्पनी पाल्पा शाखाले राहत रकम हस्तान्तरण गरेको छ । रम्भा गाउँपालिका २ फोक्सिङ्गकोट सुरुमडाँडा निवासी क्यान्सर पिडीत रितमान गाहालाई राहत रकम हस्तान्तरण गरिएकाे हाे ।

रम्भा गाउँपालिका २ नं. वडाका कार्यवाहक वडा अध्यक्ष दुर्गाबहादुर थापा, चिफ बिजनेस म्यानेजर हरीबहादुर बारघरे, दलबहादुर सुनारी लगायतको उपस्थितीमा शाखा प्रमुख उमापति गैरेले बिमितलाई ८ लाख रुपैयाको चेक हस्तान्तरण गर्नु भएको हो । रितमान गाहालाई गएको १ वर्षदेखि मुखको क्यान्सर भएको र सफल शल्यक्रिया पश्चात निको भएको थियो । उहाँले ४ वर्ष अगाडि नेशनल लाईफ इन्सुरेन्स कम्पनीमा ८ लाख रुपियाको अमृत श्री योजना अन्तर्गत ८ लाख रुपियाको जीवन बिमा गर्नु भएको थियो । ३ पटक किस्ता बुझाउँदा करिब १ लाख ८० हजार बुझाएपनि ८ लाख रुपिया राहत रकम पाउँदा आफुलाई धेरै राहत पुगेको पिडीत रितमान गाहाले बताउनु भयो । कम्पनीले १५ वर्ष पछि पुनः बोनस सहितको बिमाङ्क रकम प्रदान गर्ने जनाएको छ ।

पिडीत गाहा क्यान्सर रोगको उपाचार पछि निको भएको र बीमा कम्पनीबाट नियमानुसार राहत रकम पाउँदा जीवन बिमाको महत्व अत्यन्तै रहेको चिफ बिजनेस म्यानेजर हरिबहादुर बारघरेले बताउनु भयो ।

कम्पनीले गतवर्ष पनि २ जना क्यान्सर पिडीत र एक जना हृदयघात भएको ग्राहकलाई ३५ लाख बराबरको रकम प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय